ताजा समाचार:
Search

समाचार

विद्यालयमा आगलागीबाट ९२ लाख बराबरको क्षति

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ फागुन । बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगलागी हुँदा ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैयाँ बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

कसरी लाग्यो विद्यालयमा आगो ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ फागुन । बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बुधबार आगोलागी हुँदा दश कोठे भवन जलेर ध्वस्त भएको छ ।आगोलागीबाट काठ, ढुङ्गामाटोले बनेको दुई तले दश कोठे भवन जलेर ध्वस्त भएको हो । विद्युत सर्ट भएर आगोलागी हुँदा भवनका साथै फर्नीचर लगायतका भौतीक सामाग्री जलेर नष्ट भएको शिक्षक रामप्रसाद […]

अन्तर्राष्ट्रिय महिला दिवसमा बिरामीलाई फलफुल वितरण

विकल्प न्यूज/बेनी फागुन २५ गते । लायन्स क्लब अफ म्याग्दी दोभानले बुधबार जिल्ला अस्पताल म्याग्दीका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । १०७औं संस्करणको अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अस्पतालमा उपचाररत बिरामीको शीध्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी दिवस मनाएको हो । अस्पतालको इन्डोर, विशेष हेरचाह केन्द्र र इमरजेन्सी कक्षमा उपचाररत २१ जना बिरामीहरुलाई स्याउ, […]

बेनीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

विकल्प न्यूज/बेनी फागुन २५ गते । बुधबार म्याग्दीमा १०७औं संस्करणको अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाईला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो ।दिवसको अवसरमा बेनीमा प्रभातफेरी ¥याली सम्पन्न गरिएको छ । महिला तथा बालबालिका कार्यालय […]

कसरी पाउने हिस्सा बराबरी ?

मिना मरासिनी /विकल्प न्यूज फागुन २५ गते । नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् ५१.५ प्रतिशत महिला छन् । तर शिक्षा, अवसर, सहभागिता, स्वामित्व तथा सशक्तीकरणको दृष्टिले महिलाहरू पुरुषभन्दा धेरै नै तल रहेको तथ्य बताइरहनु पर्दैन । महिला जनसंख्या आधाभन्दा धेरै रहेको देशमा कुल राष्ट्रिय आयमा महिलाको योगदान एक तिहाइ पनि छैन ।  पछिल्लो जनगणनाको […]

नारी दिवसको सार्थकता

फाल्गुन २५, २०७३  आज ‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ, त्यो […]

द्धन्द्धपीडितलाई कागजको सामाग्री बनाउने तालीम

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ फागुन । म्याग्दीका द्धन्द्धपीडित महिलाहरुलाई कागजको शृङगारका सामाग्री बनाउने तालीम प्रदान गरिएको छ । द्धन्द्धपीडितको आयआर्जन वृद्धिमा सघाउ पु¥याउने उद्देश्यले स्थानीय शान्ति समितिको आयोजनामा फागुन १५ गते सुरु भएको तालीम मंगलबार सम्पन्न भएको हो । तालीममा सहभागी १५ जनालाई कागजबाट माला, झुक्का, बाला लगायतका शृङगारका सामाग्री निर्माण गर्ने सिप प्रदान […]

जेष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज/बेनी फागुन २३ गते । बेनी नगरपालिका ७ का जेष्ठ नागरिकहरुलाई सोमबार सम्मान गरिएको छ । वडा नागरिक मञ्चले विपन्न जेष्ठ नागरिकलाई लत्ताकपडा वितरण र सम्मान गरेको छ । ६ जना विपन्न, अशक्त, अपाङ्ग जेष्ठ नागरिकलाई ५३ हजार रुपैयाँ बराबरको सिरक, डसना, वेडसिट, सिरकको खोल, सिरानी, जकेट र स्वीटर वितरण गरिएको हो । सतबिर […]

८६ वर्षको उमेरमा सगरमाथा चढ्दै मीनबहादुर

 विकल्प न्यूज/बेनी फागुन २३ गते । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्ने भएका छन् । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए ।उनले भने, ‘सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, […]

उसलाई पनि एउटी राम्री मैयाको खाँचो थियो

सविता सापकोटा/विकल्प न्यूज फागुन २३ गते । हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाँकी रहे संङकाहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति […]

पर्यटन प्रवद्र्धनका लागि रुईसेमा पत्रकार महासंघको बैठक

विकल्प न्यूज/बेनी फागुन २१ गते । नेपाल पत्रकार महासंघ म्याग्दीले आफ्नो नियमित बैठकलाई सदरमुकाम बाहिर आयोजना गर्ने परम्पराको थालनी गरेको छ । जिल्लाका पर्यटकीय तथा धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिने क्षेत्रमा पुगेर त्यस क्षेत्रको सम्भावना र समस्याहरुलाई उजागर गर्ने उदेश्यले महासंघको नवनिर्वाचित समितिले आफ्नो नितिगत निर्णय गर्दै मासिक रुपमा बस्ने बैठक सदरमुकाम बाहिर गर्न थालेको हो […]

यस्तो भयो सहमति रघुगंगा गाउँपालिकाको नागरिक आन्दोलन स्थगित गर्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २१ फागुन । म्याग्दीमा प्रस्तावित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्न माग गर्दै स्थानीयले थालेको आन्दोलन स्थगित भएको छ । ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सास्ती हुने गरि स्थानीय तह पुनर्सरचना आयोगले अस्थायी केन्द्र तोकेपछि गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबासी बिगत चार दिनदेखि चरणबद्ध रुपमा आन्दोलीत बनेका थिए […]

पात्लेखेतमा सार्वजनिक सुनुवाइ

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ फागुन । म्याग्दीको पात्लेखेतमा शनिबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पात्लेखेत गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधि र स्थानीयबासीहरुबीच सेवा प्रवाह र विकास निर्माणमा देखिएको समस्या तथा समाधानका उपायको विषयमा छलफल भएको थियो ।कार्यक्रममा स्थानीय बासिन्दाले […]

गाउँपालिकाको केन्द्र माग्दै ताकम अनिश्चितकालिन बन्द

विकल्प न्यूज/बेनी फागुन २० गते । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र ताकममा बनाउन चरणवद्ध आन्दोलन गर्दै आएका स्थानीयवासीहरुले शुक्रवार देखि अनिश्चितकालिन ताकम गाउँ बन्दको घोषणा गरेका छन् । गाउँमा रहेका सरकारी कार्यालय,शैक्षिक संस्था,उद्योगधन्दा र यातायात बन्द गरेर ताकमवासीहरु अन्दोलनमा उत्रिएका हुन । आन्दोलनका कारण शुक्रबार विहानै देखि ताकम क्षेत्र प्रभावित भएको छ । यातायात,शैक्षिक संस्था […]

बेनीमा कुखुरा र मासुको मूल्य समायोजन

विकल्प न्यूज/बेनी बेनी १९ फागुन । बेनीमा कुखुरा र मासुको मूल्य समायोजना भएको छ । समायोजन भएको मूल्य शुक्रबारदेखि लागु हुने जिल्ला कुखुरा व्यवसायी संघले जनाएको छ । कृषक, मासु व्यवसायी र आपुर्तीकर्ताको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको कुखुरा व्यवसायी संघका अध्यक्ष भिमबहादुर खड्का (शिव)ले जानकारी दिनुभयो । उहाँका अनुसार जिउँदो कुखुराको […]