ताजा समाचार:
Search

अन्तर्राष्ट्रिय महिला दिवसमा बिरामीलाई फलफुल वितरण

विकल्प न्यूज/बेनी
फागुन २५ गते ।
लायन्स क्लब अफ म्याग्दी दोभानले बुधबार जिल्ला अस्पताल म्याग्दीका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । १०७औं संस्करणको अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अस्पतालमा उपचाररत बिरामीको शीध्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी दिवस मनाएको हो ।

अस्पतालको इन्डोर, विशेष हेरचाह केन्द्र र इमरजेन्सी कक्षमा उपचाररत २१ जना बिरामीहरुलाई स्याउ, केरा, अङ्गुरलगायत मौसम अनुकुल हुनेगरी विभिन्न किसिमका फलफुलहरु वितरण गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानले जनाएको छ । IMG_0847म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, जिल्ला अस्पतालका क्लिनीकल कोअडिनेटर डाक्टर धिरेन्द्र मल्ल, लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष सुनिता केसी, सचिव जानकी विश्वकर्मालगायत क्लबका संस्थापक, पूर्व र वर्तमान कार्यसमितिका पदाधिकारीहरु लगायतले बिरामीलाई फलफुल वितरण गरेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष सुनिता केसीको अध्यक्षता र सचिव जानकी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।