ताजा समाचार:
Search

कसरी लाग्यो विद्यालयमा आगो ?

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ फागुन ।
बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बुधबार आगोलागी हुँदा दश कोठे भवन जलेर ध्वस्त भएको छ ।Aagologiआगोलागीबाट काठ, ढुङ्गामाटोले बनेको दुई तले दश कोठे भवन जलेर ध्वस्त भएको हो । विद्युत सर्ट भएर आगोलागी हुँदा भवनका साथै फर्नीचर लगायतका भौतीक सामाग्री जलेर नष्ट भएको शिक्षक रामप्रसाद शर्माले बताउनुभयो ।   Aagologi 3सो भवनको भुईतलामा कक्षा सञ्चालन र माथिल्लो तलामा प्रशासन, कम्प्युटर ल्याब र पुस्तकालय रहेको थियो । प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका पाठ्यपुस्तक जलेर नष्ट भएको छ ।

सो विद्यालयमा हालै विद्युतीय पुस्तकालय जडान गरीएको थियो । कक्षा ८ सम्मको पाठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । भवन जलेपछि पठनपाठनमा समस्या भएको जनाइएको छ । साँझ सवा पाँच बजेदेखि सुरु भएको आगोलागी राती आठ बजे नियन्त्रणमा आएको थियो ।Aagologi 1स्थानीय बासिन्दा, अर्थुङ्गे स्थित श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय र तातोपानी प्रहरी चौकीको टोलीले आगोलागी नियन्त्रणमा लिने प्रयास गरेका थिए । उनिहरुले नजिकैको अर्को चार कोठे भवनलाई क्षत्ती हुनबाट जोाएका छन् । डाँडाखेतमा तिन दिनदेखि अवरुद्ध भएको विद्युत सेवा बुधबार दिउँसो मर्मत पछि सूचारु भएको थियो ।Aagologi 2विद्युत आपूर्ती भएको केही समयमै विद्यालय भवनमा आगोलागी भएको थियो । आगोलागीको क्षतिको विवरण संकलन भैरहेको घटनास्थल पुगेको प्रहरी टोलीले जनाएको छ ।