बेनीमा कुखुरा र मासुको मूल्य समायोजन

विकल्प न्यूज/बेनी
बेनी १९ फागुन ।
बेनीमा कुखुरा र मासुको मूल्य समायोजना भएको छ । समायोजन भएको मूल्य शुक्रबारदेखि लागु हुने जिल्ला कुखुरा व्यवसायी संघले जनाएको छ ।

कृषक, मासु व्यवसायी र आपुर्तीकर्ताको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको कुखुरा व्यवसायी संघका अध्यक्ष भिमबहादुर खड्का (शिव)ले जानकारी दिनुभयो । heanउहाँका अनुसार जिउँदो कुखुराको मूल्य २७० बाट घटाएर २५० प्रतिकेजी र कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रुपैयाँबाट घटाएर ३८० रुपैया कायम गरिएको छ । उपभोक्ताको माग र गुनासो आएकाले मूल्य समायोजन गरीएको संघले जनाएको छ ।

जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार बेनीमा दैनीक २९५ किलोग्राम कुखुराको मासु खपत हुने गर्छ ।