जेष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज/बेनी
फागुन २३ गते ।
बेनी नगरपालिका ७ का जेष्ठ नागरिकहरुलाई सोमबार सम्मान गरिएको छ । वडा नागरिक मञ्चले विपन्न जेष्ठ नागरिकलाई लत्ताकपडा वितरण र सम्मान गरेको छ ।

६ जना विपन्न, अशक्त, अपाङ्ग जेष्ठ नागरिकलाई ५३ हजार रुपैयाँ बराबरको सिरक, डसना, वेडसिट, सिरकको खोल, सिरानी, जकेट र स्वीटर वितरण गरिएको हो । सतबिर किसान, कृष्णकुमारी पुन, भैरबहादुर बिक, कृष्णलाल श्रेष्ठ, मानबहादुर श्रेष्ठ र कविराज बिकलाई सामाग्री उपलब्ध गराइएको वडा नागरिक मञ्चले जनाएको छ ।IMG_3729वडा नागरिक मञ्चका संयोजक भुनु तिलीजाको अध्यक्षता, हेमबहादुर भण्डारीको सञ्चालन र ठाकुरप्रसाद शर्माले उद्देश्यबारे प्रकाश पार्नुभएको कार्यक्रममा वडा सचिव कृष्णप्रसाद सुवेदीले सामाग्री वितरण गर्नुभएको थियो ।