गाउँपालिकाको केन्द्र माग्दै ताकम अनिश्चितकालिन बन्द

विकल्प न्यूज/बेनी
फागुन २० गते ।
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र ताकममा बनाउन चरणवद्ध आन्दोलन गर्दै आएका स्थानीयवासीहरुले शुक्रवार देखि अनिश्चितकालिन ताकम गाउँ बन्दको घोषणा गरेका छन् ।

गाउँमा रहेका सरकारी कार्यालय,शैक्षिक संस्था,उद्योगधन्दा र यातायात बन्द गरेर ताकमवासीहरु अन्दोलनमा उत्रिएका हुन । आन्दोलनका कारण शुक्रबार विहानै देखि ताकम क्षेत्र प्रभावित भएको छ । यातायात,शैक्षिक संस्था र उद्योगधन्दाहरु पुरै ठप्प भएको स्थानीय गोपाल आचार्यले जानकारी दिनुभयो ।

16938599_1339992589391819_4708946928480773939_n वहिवार ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालिका संघर्ष समितिले जिविसमा तालाबन्दी गरेका थिए । राज्य पुनसंरचना आयोगले बहुसंख्यक बासिन्दालाई असुबिधा हुनेगरी धौलागिरीको मुना अस्थाई केन्द्र कायम गरेको भन्दै उनिहरु संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन् ।16999061_1339992546058490_1930860417574106536_nआयोगले गाउँपालिका केन्द्र रहने गाविसमा उच्च मावि तहको विद्यालय, भवन लगायतका पुर्वाधार रहनुपर्ने लगायतका मापदण्ड विपरीत केन्द्र कायम गरेको धौलागिरी गाउँपालिका संघर्ष समितिका अगुवाहरुले बताएका छन् । तत्कालीन जिल्ला प्राबिधिक सहयोग समितिले धौलागिरी गाउँपालिकाको केन्द्र ताकम वा मुना कायम गर्न सिफारीस गरेको थियो ।16999184_1339992529391825_6611528404792935762_nसंघर्ष समितिले गाउँपालिकामा समेटिएका गाविसको कामकाज ठप्प पार्ने, दरवाङ मुना सडकको ताकम खण्डमा चक्काजाम गर्ने, यथास्थितीमा चुनाव भए बहिस्कार गर्ने, दल र भातृ संगठनबाट राजीनामा दिएर दलविहीन गाविस घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।