द्धन्द्धपीडितलाई कागजको सामाग्री बनाउने तालीम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ फागुन ।
म्याग्दीका द्धन्द्धपीडित महिलाहरुलाई कागजको शृङगारका सामाग्री बनाउने तालीम प्रदान गरिएको छ ।

द्धन्द्धपीडितको आयआर्जन वृद्धिमा सघाउ पु¥याउने उद्देश्यले स्थानीय शान्ति समितिको आयोजनामा फागुन १५ गते सुरु भएको तालीम मंगलबार सम्पन्न भएको हो । तालीममा सहभागी १५ जनालाई कागजबाट माला, झुक्का, बाला लगायतका शृङगारका सामाग्री निर्माण गर्ने सिप प्रदान गरिएको थियो ।IMG_3752तालीमको समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले सिपलाई ब्यवहारमा उतारेर आयआर्जनमा अग्रसर हुन आग्रह गर्नुभयो । समितिका संयोजक मुक्तिप्रसाद ढुङ्गानाको अध्यक्षता, कार्यालय सचिव विज्ञान सुवेदीको सञ्चालन र पुर्व संयोजक नेत्रबहादुर महतले स्वागत गर्नुभएको कार्यक्रममा पुर्व संयोजक देवेन्द्र केसी र सहभागी सिता पाइजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।