ताजा समाचार:
Search

विद्यालयमा आगलागीबाट ९२ लाख बराबरको क्षति

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ फागुन ।
बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगलागी हुँदा ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । Aagologi 2विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैयाँ बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको भवनमा आगोलागी भएको थियो । ८ वटा कम्प्युटर, एक थान फोटोकपी मेसीन, एक थान ल्यापटप, फर्नीचर, प्रशासनीक कागजात, पुस्तकालय, अध्यापन सामाग्री लगायतका जिन्सी सामाग्री जलेर नष्ट भएको हो ।  IMG_3851(1)साँझ सवा ५ बजेदेखि सुरु भएको आगोलागी स्थानीयबासी, नेपाली सेना र प्रहरीको टोलीले राती ८ बजे नियन्त्रणमा लिएको थियो । नजिकै रहेको अर्को चार कोठे भवनलाई आगोलागीबाट क्षत्ती हुनबाट बचाएका छन् ।

कक्षा ८ सम्मको पठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । आगोलागीबाट भवन जलेपछि अस्थाई टहरा बनाएर पठनपाठन सञ्चालन गर्ने तयारी भएको छ । भवन परिसरको खेतमा त्रिपालको टहरा बनाएर पठनपाठनलाई निरन्तरता दिन पहल भएको विद्यालयका शिक्षक रामप्रसाद शर्माले बताउनुभयो । IMG_3867स्थानीय बासिन्दा, बेनीबाट गएका अनेरास्ववीयु र नेपाल विद्यार्थी संघको टोलीले अस्थाई टहरा बनाउन श्रमदान गरेका छन् । Aagologi 1अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र नेविसंघका नेता भरत रकालको टोलीले विद्यालयलाई त्रिपाल उपलब्ध गराउनुका साथै टहरा बनाउन श्रमदान गरेका थिए ।
यसैगरी अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्मको टोलीले आगोलागीबाट ध्वस्त भएको भवन भत्काउन सहयोग गरेको छ । विद्यालयका प्रअ तिर्थ बानियाले भवन पुननिर्माणका लागि सरोकारवाला निकायमा अनुरोध र अपिल गर्नुभएको छ ।