यस्तो भयो सहमति रघुगंगा गाउँपालिकाको नागरिक आन्दोलन स्थगित गर्न

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २१ फागुन ।
म्याग्दीमा प्रस्तावित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्न माग गर्दै स्थानीयले थालेको आन्दोलन स्थगित भएको छ ।
८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सास्ती हुने गरि स्थानीय तह पुनर्सरचना आयोगले अस्थायी केन्द्र तोकेपछि गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबासी बिगत चार दिनदेखि चरणबद्ध रुपमा आन्दोलीत बनेका थिए ।IMG_3515शनिवार जिल्ला स्थित राजनितीक दल, सरोकारवाला र आन्दोलनरत पक्षबिच प्रशासनिक सुगमता र भौगोलिक अनुकुलता हुने गरि गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउन जिल्ला स्थित सरोकारवाला सहमत भई आबश्यक पहलका लागि काठमाण्डौ प्रस्थान गरेपछि तत्कालको लागि आन्दोलनलाई स्थगन गरिएको आन्दोलनका अगुवा बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाको ८० प्रतिशत जनसंख्यालाई पायक पर्ने मौवाफाँटलाई केन्द्र बनाउन र अत्यन्तै कठिन एवम् विकट हिमाली भौगोलिक क्षेत्र तथा अल्पसंख्यक छन्त्याल तथा मगर जनजाती आदीबासीहरुको बसोबास रहेको झिँ, पाखापानी र कुईनेमंगले गाविसलाई विशेष संरक्षीत क्षेत्र ÷स्वायत्त क्षेत्र कायम गर्ने निर्णय गरिएको छ ।

आन्दोलनरत पक्षसंग गरिएको सम्झौता कार्यान्वयनको लागि आबश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी लगायत जिल्लामा क्रियाशिल राजनितीक दलका प्रमुखहरु र साँसदहरुको टोलि शनिवार साँझ नै काठमाण्डौतर्फ प्रस्थान गरिसकेको छ ।

बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिकामा पर्ने गलेश्वरदेखि बेगखोलासम्मको सडक अबरोध खुला गरिएको छ । उनिहरुले जिविसको कार्यालयमा गरेको तालाबन्दि भने यथावत छ । यसैगरी धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै शनिबार ताकममा जनप्रर्दशन गरेका छन् ।Takamस्थानीयबासीहरुले ताकमदेखि मच्छिमसम्म ¥याली र प्रर्दशन गरेका थिए । मच्छिममा नेत्रलाल सुवेदीले सञ्चालन गर्नुभएको कोणसभालाई सम्बोधन गर्दै आन्दोलनका अगुवा मनबहादुर भण्डारी र जगतबहादुर थापाले आयोगले आफ्नै मापदण्ड विपरीत बहुसंख्यक बासिन्दालाई असुबिधा हुनेगरी मुनालाई अस्थाई केन्द्र कायम गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो ।

आयोगले गाउँपालिका केन्द्र रहने गाविसमा उच्च मावि तहको विद्यालय, भवन लगायतका पुर्वाधार रहनुपर्ने लगायतका मापदण्ड विपरीत केन्द्र कायम गरेको धौलागिरी गाउँपालिका संघर्ष समितिका अगुवाहरुले बताएका छन् । जिविस कार्यालयमा तालाबन्दि गरेका उनिहरुले ताकममा अनिश्चितकालीन चक्का जाम गरेका छन् ।