ताजा समाचार:
Search

बेनीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

विकल्प न्यूज/बेनी
फागुन २५ गते ।
बुधबार म्याग्दीमा १०७औं संस्करणको अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाईला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो ।DSC_0428दिवसको अवसरमा बेनीमा प्रभातफेरी ¥याली सम्पन्न गरिएको छ । महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलासँग सम्बन्धित विभिन्न मागहरु लेखिएका प्लेकार्ड बोकेर महिला अधिकारका नारा लगाउँदै सदरमुकाम बेनीबजारको परिक्रमा गरेको ¥याली शहिद स्तम्भचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । DSC_0456 (11)प्लेकार्डमा महिलाभित्रको सशक्तिकरण सुनौलो भविष्यको आधार, हिंसाविरुद्ध महिला पुरुष एक होऔं, हिंसामूक्त परिवार हामी सबैको सरोकार, अब महिला पर्खंदैन अधिकार नलिई फर्कंदैनजस्ता नारा उल्लेख गरिएको थियो ।DSC_0463 (17)कोणसभालाई सम्बोधन गर्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले महिला दिवसलाई केबल नारामा मात्रै सीमित नराखी सार्थक बनाउनुपर्नेमा जोड दिए । उनले आर्थिक परनिर्भरतामा हुन नहुने भन्दै महिलाहरु विभिन्न आयआर्जन क्रियाकलापमार्फत आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।DSC_0457 (12)सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले महिला हिंसा न्युनीकरण गर्नका लागि घरघरमा भएका डिएसपीहरुलाई जोगाउनुपर्ने बताएकी थिइन् ।mahila-adhikar-08032017072254कार्यक्रममा नेपाल महिला संघका जिल्ला अध्यक्ष बिमला गौचन, अनेमसंघका सदस्य भूनु तिलिजा, अनेमसंघ क्रान्तिकारीका अनिता ढुङ्गाना, अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष सन्जु बरुवाल, महिला मानवअधिकार रक्षक सञ्जाल अध्यक्ष रेखाकौशल रेग्मी र महिलाअधिकार मञ्चका अध्यक्ष दिवाकुमारी पुनले महिला हिंसा न्युनीकरण गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए ।DSC_0453 (9)महिला विकास अधिकृत निर्मला शर्माको अध्यक्षता र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, महिला सहकारी, आमा समूह, पत्रकारलगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको अवसरमा अनेमसंघ म्याग्दीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संविधान कार्यान्वयनसम्बन्धी अपिल वितरण गरेको थियो ।