ताजा समाचार:
Search

समाचार

कार्यालय समयमा वन कार्यालयका कर्मचारीले मापसे गरेर बितण्डा मच्चाए

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ चैत । जिल्ला वन कार्यालय म्याग्दीका एक जना कर्मचारीले बुधबार कार्यालय समयमा मादक पदार्थ सेवन गरेर पदीय मर्यादा विपरीतको आचरण प्रस्तुत गरेका छन् । मापद पदार्थ सेवन गरेर कार्यालय पुगेका सहायक वन अधिकृत हिमलाल लामिछानेले अन्य कर्मचारी र सेवाग्राहीहरुलाई अपशब्द प्रयोग गरी गालीबेईज्यती गरेका हुन् । मदिराले लठ्ठीएर अभद्र शैलीमा […]

बेनीमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ चैत । म्याग्दीको बेनीमा बुधबारदेखि चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । काठमाडौको गंगटा युवा क्लबले आयोजना गरेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली विश्वकर्माले उद्घाटन गर्नुभयो । मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको सुधारका लागि विकृती विसंगति र गलत प्रवृतीको अन्त्य गर्नुपर्ने […]

प्रथम धौलागिरि साँस्कृतिक महोत्सवको तयारी तिव्र

विकल्प न्यूज/बेनी चैत ९ गते । सदरमुकाम बेनीमा आयोजना हुने प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ को तयारी तिव्र पारिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गतेदेखि शुक्रवार देखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो । शुक्रवार ११ बजे खुल्ला मञ्चमा महोत्सवको उद्घाटन गरिने आयोजकले जनाएका […]

ठाडाखानीको आयस्रोत बन्यो भेडापालन

विकल्प न्यूज/बेनी चैत ९ गते । रघुगंगा गाउँपालिका ५ को ठाडाखानीका बासिन्दाले भेडापालनलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । साविकको पाखापानी गाविसको ५ र ६ नम्बर वडामा पर्ने ठाडाखानीका बासीन्दाको लागि भेडापालन जिविकोपार्जनको स्रोत बनेको हो । ९० घरधुरीको बसोबास रहेको ठाडाखानीमा ३० घरपरिवारले व्यवसायिक भेडापालन गरेको मालीका भेडापालन समूहका सचिव नरेश छन्त्यालले बताउनुभयो ।गाउँमा […]

यी हुन परिश्रमी युवाहरु

विकल्प न्यूज/बेनी चैत ९ गते । बेनी नगरपालिका ८ जामुनाखर्कका दलित युवाहरुले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । पाँच जना युवाहरुले पन्ध्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी तरकारी खेती गरेका हुन् । स्थानीय स्तरमै स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले बेनपा ९ जम्रेनीमा खेत भाडामा लिएर तरकारी खेती सुरु गरेको […]

विभेद न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ चैत । सरोकारवालाहरुले जातीय विभेदको समस्या न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड दिएका छन् । जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार संयुक्त दलीत संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिले संबिधान र कानुनले प्रतिबन्ध लगाएको जातिय बिभेदको ब्यवहारीक अन्त्य गर्नुपर्नेमा जोड दिए ।सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले जात, पेशा, […]

म्याग्दीका भुकम्प पीडितसंग अनुदान सम्झौता तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणले म्याग्दीका भुकम्प पिडीतसंग निजी आवास अनुदान सम्झौता गर्ने प्रक्रिया थालेको छ । म्याग्दी लगायत कम प्रभावित चौध जिल्लामा अनुदान सम्झौताको प्रक्रिया थालीएको हो ।प्राधिकरणले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा भुकम्प प्रभावितहरुलाई निजी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउन सम्झौता गर्न लागीएको जानकारी गराइएको हो । […]

बहस ः जलजला गाँउपालिका केन्द्र विवाद र बिकल्प

सुरेश हमाल /विकल्प न्यूज चैत ८ गते । पर्वत जिल्लाको उत्तरी क्षेत्र अर्थात जलजला गाँउपालिकाको केन्द्र सरकारले साविकको माझफाँट गाविस कार्यलय तोकेपछि बनौँ, नाग्लिवाङ, धाईरिङ, सालिजा र माझफाँटका केही क्षेत्रका जनताहरु केन्द्र पायक नभएको र सबैलाई पायक पर्ने ठाउँ मिलनचोकलाई केन्द्र तोक्नुपर्छ भन्दै केही दिनदेखि आन्दोलित छन भने उता माझफाँट, बाँसखर्क र लेकफाँटका केही क्षेत्रका […]

बेनीमा कुकिङ तालीम सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ चैत । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा एक महिने कुकीङ तालीम सम्पन्न भएको छ ।कार्यालयको युवा उद्यमशिलता तथा औद्योगीक जनशक्ती विकास कार्यक्रम अन्तरगत फागुन ६ गतेदेखि सुरु भएको तालीममा १३ जनाको सहभागितका रहेको थियो । तालीममा विभिन्न खानाका परिकार निर्माण गर्ने विषयमा ब्यवहारीक तथा सैद्धान्तिक […]

विश्व स्वास्थ्य मुख दिवस बेनीमा पनि मनाइयो

विकल्प न्यूज/बेनी चैत ७ गते । विश्व स्वास्थ्य मुख दिवसको अवसर पारेर बेनीमा सोमबार जनचेतनामुलक ¥याली निकालेर मनाइएको छ । बेनी स्थित जिल्ला अस्पतालबाट निकालिएको जनचेतना ¥यालीका सहभागीले मानिसको मुख तथा मुखजन्य क्षेत्रमा हुने रोग र त्यसबाट मानिसको स्वास्थ्यमा पुग्नसक्ने हानि–नोक्सानी एवम् क्षतिका विषयमा सर्वसाधारणलाई जागृत गराई मुखमा हुने खराबीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा […]

निर्वाचन गराएरै छाड्छौे – खनाल

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ चैत । नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव)ले सरकारले निर्धारीत मितिमा स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा सोमबार वाईसीएलको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का राजनितिक सल्लाहकार खनालले सरकारले आगामी बैशाख ३१ हुन लागेको स्थानीय तह […]

वाईसीएल म्याग्दीको जिल्ला सम्मेलन बेनीमा सुरु

विकल्प न्युज/बेनी चैत ७ गते । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन बेनीबजारमा सुरु भएको छ । सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुभन्दा पहिला बजारमा वाइसिएल लेखिएको टिर्सट लगाएका युवाहरुको ¥यालीले बजारमा मार्च पास गर्दै बजार परिक्रमा गरेको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी […]

राप्रपाद्धारा निर्वाचन कार्यालयमा धर्ना

विकल्प न्यूज/बेनी बेनी ७ चैत । पार्टीको बिधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्मन्धी वाक्यांश हटाइदिएको बिरोधमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार बेनी स्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ । राप्रपाका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन, पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्री, पुर्व अध्यक्ष एकेन्द्रबहादुर रावल लगायतका नेताहरुको […]

बेनी ‘कासन’को १२ वर्ष

नरेश ज्ञवाली/विकल्प न्यूज चैत ७ गते । बेनी, उत्तरबाट पूर्व बग्दै गरेको कालिगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तिरमा बसेको बेनी बजार निकै सुन्दर छ । स्थानिय तथा व्यवसायीहरु आ–आफ्ना घर अघिल्तिर सरसफाई गर्दैछन् । बजार सुन्दर र सडकहरु चिल्ला छन् । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्दैछ, जसको तिरमा राज्यको […]

कोरला नाका नियमित सञ्चालन गर्न प्रस्ताव गर्ने

विकल्प न्यूज/बेनी चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न चीन भ्रमणको क्रममा नेपालले मुस्ताङ स्थित कोरला नाका नियमित सञ्चालन गर्न औपचारिक प्रस्ताव गर्ने भएको छ । चैत १० गतेबाट हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला चीनीया पक्षसंग नाकालाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा नेपाल सरकारको तर्फबाट औपचारिक प्रस्ताव हुन लागेको हो ।वाणिज्य मन्त्रालयका […]