विश्व स्वास्थ्य मुख दिवस बेनीमा पनि मनाइयो

विकल्प न्यूज/बेनी
चैत ७ गते ।

विश्व स्वास्थ्य मुख दिवसको अवसर पारेर बेनीमा सोमबार जनचेतनामुलक ¥याली निकालेर मनाइएको छ ।IMG_4358

बेनी स्थित जिल्ला अस्पतालबाट निकालिएको जनचेतना ¥यालीका सहभागीले मानिसको मुख तथा मुखजन्य क्षेत्रमा हुने रोग र त्यसबाट मानिसको स्वास्थ्यमा पुग्नसक्ने हानि–नोक्सानी एवम् क्षतिका विषयमा सर्वसाधारणलाई जागृत गराई मुखमा हुने खराबीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा लेखिएका ब्यानरसहित नगरको परिक्रमा गरेका थिए । 17308952_1448016275230074_1770680299026018165_nस्वास्थ्यकर्मी, स्वयम्सेवी, चिकित्सक लगायत सहभागी टोलीले मुख स्वास्थ्य राख्न आवश्यक पर्ने सामाग्री समेत वितरण गरेका थिए । अस्पतालचोक देखि क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिर चोक, गणतान्त्रीक चोक न्युरोड हुदै अस्पतालमा पुगेर ¥याली समापन गरीएको थियो ।