बेनीमा कुकिङ तालीम सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ चैत ।
घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा एक महिने कुकीङ तालीम सम्पन्न भएको छ ।IMG_4386कार्यालयको युवा उद्यमशिलता तथा औद्योगीक जनशक्ती विकास कार्यक्रम अन्तरगत फागुन ६ गतेदेखि सुरु भएको तालीममा १३ जनाको सहभागितका रहेको थियो । तालीममा विभिन्न खानाका परिकार निर्माण गर्ने विषयमा ब्यवहारीक तथा सैद्धान्तिक ज्ञान, सिप प्रदान गरिएको थियो ।

तालीमको समापन कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जिवननिर्वाह, स्वरोजगार र बैदेशिक रोजगारीका लागि कुकीङ तालीम उपयोगी हुने बताउनुभयो ।

उहाँले तालीमबाट हाँसील गरेको सिपलाई परिचालन गरेर स्वरोजगार बन्न सुझाव दिनुभयो । घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग विकास अधिकृत मिरादेवी अधिकारीले उद्यमशिलताको विकास, रोजगारी सिर्जना र स्थानीय होटलमा आवश्यक जनशक्ति तयार पार्न तालीम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यालयकी तुलसी चपाईले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा तालीमको व्यवस्थापक वेसमेटीक होटल टे«नीङ सेन्टरका सञ्चालक रवीन गुरुङ र सहभागी तारा सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो । तालीमको घनश्याम गिरीले सहजिकरण गर्नुभएको थियो ।