कोरला नाका नियमित सञ्चालन गर्न प्रस्ताव गर्ने

विकल्प न्यूज/बेनी
चैत ६ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न चीन भ्रमणको क्रममा नेपालले मुस्ताङ स्थित कोरला नाका नियमित सञ्चालन गर्न औपचारिक प्रस्ताव गर्ने भएको छ ।

चैत १० गतेबाट हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला चीनीया पक्षसंग नाकालाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा नेपाल सरकारको तर्फबाट औपचारिक प्रस्ताव हुन लागेको हो ।05122015100747Korala_Naka_1-600x0वाणिज्य मन्त्रालयका अनुसार कोरला नाका सूचारु गर्नको लागि चीनले गत वर्ष ५ महिनाको अवधिमा नेपाल तर्फको नाका जोड्ने बिस किलोमिटर सडक निर्माण गरीसकेको छ । नेपालतर्फबाट कोरला नाकासम्म जोडिएको सडक स्तरवृद्धि गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन भएको छ ।

यो नाकालाई दिर्घकालीन रुपमा सूचारु गर्नुअघि नेपालले त्यसक्षेत्र नजिकै नेपाली सेना र सशस्त्र प्रहरी बलको स्थाई क्याम्प स्थापना गर्ने भएको छ । चीनले व्यापारिक प्रयोजनका लागि उक्त नाका सञ्चालन गर्न भरपर्दो सुरक्षा प्रत्याभूति खोजेपछि सरकारले सेना र सशस्त्रको क्याम्प स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाएको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बिभागका एआइजी प्रकाश ओझाले नेपाल कोरला क्षेत्रको सुरक्षा संवेदनशिलताप्रती गम्भिर रहेको बताउनुभयो । नेपाल चीनबीचको एक हजार ४३९ किलोमिटर क्षेत्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर ३० किलोमिटर वारपार गर्न पाउने सन्धीसम्झौतामा उल्लेख भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिबिधी नियन्त्रणमा चालिएका कदमप्रती आवश्वत नहुँदा नेपाल पक्ष उक्त सुबिधाबाट बञ्चित हुदै आएको छ ।

स्वतन्त्र तिब्बतको पक्षमा सम्भावित गतिबिध हुनसक्ने र नाका नियमित सञ्चालनमा आए त्यसले थप बढावा पाउने आशंका नेपाली पक्षलाई चीनीया अधिकारीले गरेका छन् । वाणिज्य मन्त्रालय स्रोतका अनुसार चीनिया पक्षको उक्त चासो र चिन्ता सम्बोधन गर्न सुरक्षा प्रत्याभुति दिलाउने गरी प्रक्रिया अघि बढाइएको हो ।

युरेनियम खानी सुरक्षाका लागि गत साउनमा सुरकारले मुस्ताङमा सैनिक क्याम्प राख्ने सैद्दान्तिक स्वीकृती दिइसकेको छ । त्यसबाहेक कोरला नाका नजिकै सशस्त्रको पनि ब्यारेक बनाउने कार्य अघि बढाउने तयारी रहेको मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।