प्रथम धौलागिरि साँस्कृतिक महोत्सवको तयारी तिव्र

विकल्प न्यूज/बेनी
चैत ९ गते ।

सदरमुकाम बेनीमा आयोजना हुने प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ को तयारी तिव्र पारिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गतेदेखि शुक्रवार देखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो ।
शुक्रवार ११ बजे खुल्ला मञ्चमा महोत्सवको उद्घाटन गरिने आयोजकले जनाएका छन् ।dhaulagiriलोकसंस्कृतिको संरक्षण गर्दै कलाकारिताको विकासका लागि महोत्सव आयोजना गरिएको आयोजनकले जनाएका छन् । प्रतिष्ठानका धौलागिरी अध्यक्ष राजेन्द्र सापकोटाले मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको साँस्कृतिक महोत्सवलाई सफल बनाउन सबैपक्षबाट सक्दो सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवबाट भएको आम्दानीबाट कलाकारहरुको लागि कल्याणकारी कोष स्थापना गरिने भएको छ ।

बेनीमा प्रतिष्ठानको आयोजनमा पहिलो पटक हुन लागेको अञ्चल स्तरीय साँस्कृतिक महोत्सवमा खुला लोकगीत प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।