निर्वाचन गराएरै छाड्छौे – खनाल

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ७ चैत ।
नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव)ले सरकारले निर्धारीत मितिमा स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताउनुभएको छ ।

म्याग्दीको बेनीमा सोमबार वाईसीएलको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का राजनितिक सल्लाहकार खनालले सरकारले आगामी बैशाख ३१ हुन लागेको स्थानीय तह निर्वाचनको राजनीतिक वातावरण बनाउन जोड दिएको बताउनुभयो ।yclसरकारले निर्वाचनको राजनीतिक वातावरण बनाउन तराईमा आन्दोलनरत मधेशकेन्द्रित दलहरुलाई समेत सहमतीमा ल्याउन प्रयास गरीरहेको बताउनुभयो । संबिधानमा उल्लेखीत जनताको अधिकार स्थापीत गराउन निर्वाचनको विकल्प नभएकाले चुनावमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

स्थानीय तह जनतालाई आफ्नो शाषक आफैले चलाउने र स्थानीय स्रोत साधनको परिचालन गरेर विकास र आर्थिक सम्बृद्धि कायम गरी मुक्ति र परिवर्तनको आषास दिलाउने खनालले बताउनुभयो । पिछडीएका, जनजाती, दलित, महिला, अल्पसंख्यकलाई एकतावद्ध गरी उनिहरुको अधिकार स्थापित गराउने काम माओवादीले गरेको उहाँले बताउनुभयो ।DSC_0001संबिधानको कार्यान्वयन, राजनितिक समस्याको समाधान, आगामी माघ पहिलो हप्ताभित्र तिन वटै तहका निर्वाचन गराउने र देशलाई आर्थिक सम्बृद्धी, उन्नतीतर्फ अग्रसर बनाउन वर्तमान सरकारले प्राथमिकता दिएको खनालको भनाई थियो ।

खनालले प्रधानमन्त्री प्रचण्डको आसन्न चिन भ्रमण कोरला लगायत उत्तरी सिमाका ब्यापारीक नाका सञ्चालन र विगतका सम्झौता कार्यान्वयनमा केन्द्रित रहने जानकारी गराउनुभयो । नेता खनालले जनतालाई टुकीको अध्याँरोमा राखेर राष्ट्रवादको परिकल्पना गर्नेहरुबाट देश विकास र परिवर्तनको अपेक्षा नगर्न आग्रह गर्नुभयो ।DSC_0010कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले म्याग्देली जनताको अधिकार, विकास निर्माण र सम्बृद्धीका लागि माओवादी जनताको दुख सुखमा सधै संगै रहने बताउनुभयो । वाईसीएलका प्रदेश नम्बर ४ का संयोजक सुमन देवकोटाले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले देशभित्रै रोजगारी सिर्जना गराउन पहल गर्नुका साथै बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरुको लागि राहतको व्यवस्था मिलाएको बताउनुभयो ।

वाईसीएल म्याग्दीका संयोजक भोजबहादुर थापा (कुमार)को अध्यक्षता, माओवादीका नेता सुवास विश्वकर्माको सञ्चालन र सन्दिप खत्री (प्रविण)को स्वागत मन्तब्यमा सम्पन्न उद्घाटन कार्यक्रममा कलाकार झंकार बुढाथोकीले जनवादी गित प्रस्तुत गर्नुभएको थियो । सम्मेलन उद्घाटन कार्यक्रम सुरु हुनुभन्दा पहिले वाईसीएलले बेनीमा ¥याली सहित मार्चपास गरेका थिए ।

वि.स २०६० चैत ७ गते तत्कालीन जनमुक्ती सेना र राज्यपक्षबीच बेनीमा भिडण्त भएको दिन पारेर दिवंगत सहिदहरुको स्मृतीमा आयोजित सम्मेलनबाट वाईसीएलको नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।