वाईसीएल म्याग्दीको जिल्ला सम्मेलन बेनीमा सुरु

विकल्प न्युज/बेनी
चैत ७ गते ।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन बेनीबजारमा सुरु भएको छ ।
सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुभन्दा पहिला बजारमा वाइसिएल लेखिएको टिर्सट लगाएका युवाहरुको ¥यालीले बजारमा मार्च पास गर्दै बजार परिक्रमा गरेको छ । DSC_0010 तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिन माओवादी केन्द्रले वाइसिएलको सम्मेलन आयोजना गरेको हो । DSC_0001उक्त सम्मेलनलाई तत्कालिन डेपुटी कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेव)ले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । खनाल बेनी आइपुग्नुभएको छ । सम्मेलनले वाईसिएल म्याग्दीको नयाँ नेतृत्व चयन गर्नेछ ।