ताजा समाचार:
Search

समाचार

राजनीतिक दलहरुको चुनाबकेन्द्रीत अभियान जारी

विकल्प न्यूज /बेनी बैशाख २५ गते । स्थानीय तहको निर्वाचन हुने दिन एक साता बाँकी रहँदा म्याग्दी जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाबकेन्द्रीत गाउँ अभिायनलाई तिब्रता दिएका छन् । यसैक्रममा आइतबार बेनी नगरपालिका र विभिन्न गाउँपालिकामा राजनीतिक दलहरुको कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले बेनी नगरपालिका–१० पात्लेखेतमा चुनाबी आमसभा सम्पन्न गरेको जानकारी दिएको छ । […]

किर्तीमान कायम गर्ने शेरचनको सपना अधुरै

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख ।सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीको किर्तीमान कायम गर्ने म्याग्दीका ८६ वर्षिय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ । सगरमाथा आरोहरणका लागि आधार शिवीरमा पुगेका नेपालका सबैभन्दा जेठा सगरमाथा आरोही शेरचनको शनिबार अपराहन्न निधन भएको स्रोतले जनाएको छ । म्याग्दीको रुममा जन्मिएका अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीका बासिन्दा […]

मतदान र सहायक मतदान अधिकृतहरुका लागि तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । आगामी ३१ गते पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनमो खटिने मतदान र सहायक मतदान अधिकृतहरुका लागि शनिबार देखि बेनीमा तालीम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा सुरु भएको मतदान र मतगणाना सम्बन्धि तालीम दुई दिनसम्म चल्ने जनाइएको छ । तालीममा २२४ जना मतदान र सहायक मतदान […]

स्थानीय तह निर्वाचन असल बिधी र संस्कार स्थापीत गराउने अवसर

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । म्याग्दीका सरोकारवालाहरुले आसन्न स्थानीय तह निर्वाचन समाजमा असल बिधी, संस्कार र संस्कृती स्थापीत गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले शनिबार बेनीमा आयोजना गरेको मानवअधिकार र निर्वाचन बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो बिचार व्यक्त गरेका हुन् । कार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकका […]

रुप्से झरना र अन्धगल्छी नयाँ पर्यटकीय गन्तब्य

विकल्प न्यूज/ बेनी बैशाख २३ गते । अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको रुप्से झरना र अन्धगल्छी नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकसीत भएको छ । बेनी मुस्ताङ सडकको छेवैमा पेर्ने रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्न दैनिक सयौंको संख्यामा आन्तरिक एवम् वाह्ै पर्यटकहरु आउने गर्दछन् । सडक सुबिधा र पूर्वाधार निर्माणसंगै रुप्से र अन्धगल्छी पर्यटकीय गन्तब्य […]

जलजलाको केन्द्र विवाद ः चुनावी कार्यक्रम गर्न नदिने चेतावनी

विकल्प न्यूज/जलजला बैशाख २२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाको केन्द्र विवादका कारण दलहरुको निर्वाचन प्रचार कार्यक्रम प्रभावित हुने भएको छ ।सरकारले फागुन २७ गते साविकको माझफाँट गाविसको कार्यालयमा गाउँपालिकाको अस्थायी केन्द्र तोकेको थियो । माझफाँटमा केन्द्र निर्धारण भएपछि सालिजा,धाइरिङ,बनौ र नाग्लीवाङका स्थानीयवासीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।गाउँपालिकाको केन्द्र सवैलाई पायक पर्ने स्थानमा राख्नुपर्ने […]

चर्चामा बेनीको उपमेयर ः कसले बाजी मार्ला

विकल्प न्यूज/बेनी बैशाख २२ गते । बैशाख ३१ गते को स्थानीय तह निर्वाचन आउन अव ९ दिन बाँकी छ । उम्मेदवार मनोनय सँग यतिखेर उम्मेदवारहरु जनताका घरदैलोमा पुगेका छन् । बेनी नगरपालिकामा काँग्रेस– माओवादी र एमाले – राप्रपा विच चुनावी तालमेल भएको छ । चुनावी तालमेलका कारण प्रमुख र उप्रमुखको निर्वाचन पेचिलो बन्ने मतदाताहरुले आकलन […]

एमालेद्धारा मंगलाका बागी उम्मेदवारलाई कारबाही

विकल्प न्यूज/बेनी बैशाख २२ गते । नेकपा एमाले म्याग्दीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिने नेतालाई कारबाही गरेको छ । मंगला गाउँपालिका २ बाबियाचौरको वडा अध्यक्ष पदमा बागी उम्मेदवार दर्ता गराएका बाबियाचौरका नारायण अधिकारीलाई कारबाही गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विज्ञप्ती मार्फत जानकारी गराउनुभएको हो ।पार्टीको बिधान र स्थानीय […]

यस्ता छन् धौलागिरिका उम्मेदवारका एजेण्डा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार एक्लै चुनावी मैदानमा […]

धौलागिरि गाउँपालिकामा काँग्रेस र एमालेले खाता खोले

विकल्प न्यूजबेनी बैशाख २२ गते । धौलागिरि गाउँपालिका वडा नम्बर २ लुलाङमा एमालेका तर्फबाट महिला सदस्य पदकी उम्मेदवार सुवा देवी पुर्जा निर्विरोध हुनुभएको छ । माओबादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नुभएकी महिला सदस्य फूलमाया वुढाथोकीको उम्मेदवार बदर भएपछि पुर्जा निर्विरोध हुनुभएको हो । वुढाथोकी महिला स्वयमसेविकामा कार्यरत भएकाले उहाँको उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

हावाहुरीले विद्यालयको छानो उडायो

विकल्प न्यूज/बेनी बैशाख २१ गते । म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङ स्थित राम्चे प्राबिको कक्षा कोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । बेजोडका साथ चलेको हावाहुरीले २ कोठे भवनको जस्तापाटाको छानो उडाएको विद्यालयका प्रअ छोटेलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार विद्यालयको प्रशासनीक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको छानो उडाएको हो […]

तिस जनाको उमेद्वारी फिर्ता सँगै २३७ पदका लागि ५९६ जना चुनावी मैदानमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ बैशाख । स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका तिस जनाले बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४ जनाको […]

जलजलामा काँग्रेसका बागी उम्मेदवार राजु आचार्यको उम्मेदवारी फिर्ता

विकल्प न्यूज/जलजला बैशाख २१ गते । पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका बागी उम्मेदवार राजु आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीको टिकट वितरणमा असन्तुष्टी जनाउँदै आचार्यले स्वतन्त्रका हैसियतमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।विहिवार उम्मेदवारी फिर्ता लिने समय भित्र आचार्यले फिर्ता लिएको गाउँपालिका कार्यकारी अधिकृत सिता पोख्रेल अर्यालले जानकारी दिनुभयो । नेपाली काँग्रेसका याम […]

कवि अधिकारीसंग साक्षात्कार

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ बैशाख । कवि तथा गीतकार दिनेश अधिकारीसंग बिहीबार पर्वत बेनीमा साक्षात्कार गरीएको छ । पर्वत बेनीमा रहेको न्यु होराईजन आवासीय माविको आयोजनामा अधिकारीको हालै प्रकाशित कृती “भरियाको भुगोल”को समिक्षा तथा अन्तरक्रिया गरीएको हो । कार्यक्रममा कवि तथा गितकार अधिकारीले कबिता प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा सहभागी सर्जक तथा साहीत्यप्रेमी र विद्यार्थीहरुले […]

म्याग्दीमा ६३२ जनाको उम्मेदवारी दर्ता

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २० बैशाख । आगामी ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृत र ५ वटा गाउँपालीकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दर्ता भएका उमेद्वारहरुको नामावली विवरण बुधबार सार्वजनीक भएको हो । मंगलबार राती सम्म उमेद्वारी […]