किर्तीमान कायम गर्ने शेरचनको सपना अधुरै

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ बैशाख ।Min Bahadur Sherchan (2)सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीको किर्तीमान कायम गर्ने म्याग्दीका ८६ वर्षिय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ ।

सगरमाथा आरोहरणका लागि आधार शिवीरमा पुगेका नेपालका सबैभन्दा जेठा सगरमाथा आरोही शेरचनको शनिबार अपराहन्न निधन भएको स्रोतले जनाएको छ । म्याग्दीको रुममा जन्मिएका अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीका बासिन्दा शेरचन सगरमाथा आरोहण गरेर सबैभन्दा वृद्ध आरोहीको किर्तीमान बनाउने लक्ष्य सहित बैशाख पहिलो साता आधार शिवीरतर्फ प्रस्थान गर्नुभएको थियो ।

समाचार अनुसार शेरचनको शनिबार अपराहन्न ५ बजेर १४ मिनेटमा निधन भएको हो । उहाँको निधन भएको पुष्टी सरकारी स्तरबाट भने हुन बाँकी छ । शेरचनले यसअघि सन २००८ मा ७६ वर्ष ३४० दिनमा विश्वको र्सवच्च शिखर सगरमाथा आरोहरण गरि किर्तीमान कायम गर्नुभएको थियो । उहाँको किर्तीमानलाई पछि जापानी नागरीकले तोडेका थिए । सन २०१५ मा सगरमाथा आरोहणका लागी गएका शेरचन भुकम्पले गर्दा आधार शिवीरबाट फर्कनुभएको थियो ।

पृथ्वीको रक्षा, मानवताको कल्याण र विश्वशान्तीको लागि सन्देश प्रवाह गराउने लक्ष्य सहित सगरमाथा आरोहण गर्ने शेरचनलाई विश्वका विभिन्न देशमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका थिए । शेरचनको साहसको बारेमा विश्वका विभिन्न सञ्चार माध्यमहरुले खबर प्रकाशन प्रशारण गरेका थिए ।