कवि अधिकारीसंग साक्षात्कार

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ बैशाख ।
कवि तथा गीतकार दिनेश अधिकारीसंग बिहीबार पर्वत बेनीमा साक्षात्कार गरीएको छ ।

पर्वत बेनीमा रहेको न्यु होराईजन आवासीय माविको आयोजनामा अधिकारीको हालै प्रकाशित कृती “भरियाको भुगोल”को समिक्षा तथा अन्तरक्रिया गरीएको हो । कार्यक्रममा कवि तथा गितकार अधिकारीले कबिता प्रस्तुत गर्नुभएको थियो ।IMG_6545कार्यक्रममा सहभागी सर्जक तथा साहीत्यप्रेमी र विद्यार्थीहरुले अधिकारीसंग साक्षात्कार गरेका थिए । कबिता संग्रह भरियाको भुगोल मार्फत भरियाको जिवन संघर्ष र उसको सपनालाई उतार्ने प्रयास गरेको कवी अधिकारीले बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसीको अध्यक्षता, शिक्षक नारायण पौडेलको सञ्चालन र प्रिन्सीपल रत्नबहादुर थापाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा मुकुन्द पौडेलले भरियाको भुगोल कृतीको समिक्षा गर्नुभएको थियो ।