स्थानीय तह निर्वाचन असल बिधी र संस्कार स्थापीत गराउने अवसर

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ बैशाख ।
म्याग्दीका सरोकारवालाहरुले आसन्न स्थानीय तह निर्वाचन समाजमा असल बिधी, संस्कार र संस्कृती स्थापीत गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले शनिबार बेनीमा आयोजना गरेको मानवअधिकार र निर्वाचन बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो बिचार व्यक्त गरेका हुन् । Ellection Intractionकार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय तह निर्वाचनलाई विगतको संसदीय र स्थानीय निकाय जस्तो चुनावको रुपमा नलिन आग्रह गर्दै चुनावबाट निर्वाचीत हुने जनप्रतीनिधी समक्ष स्थानीय सरकारको कानुन निर्माणसंगै मानविय र भौतीक पुर्वाधार विकास गर्ने दायीत्व हुने बताउनुभयो ।

नागरीक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठले असल संस्कृती, बिधी र संस्कारयुक्त समाज तथा स्थानीय सरकार निर्माणका लागि योग्य, सक्षम जनप्रतिनिधी छान्न मतदाताले बिबेक प्रयोग गर्नुपर्ने बताउनुभयो । बोनका अध्यक्ष चन्द्र अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनका लागि गलत तरिकाले चुनाव जित्ने प्रयास गर्ने प्रवृतीको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा बेनी नगरपालीका ७ र ८ का वडा अध्यक्ष, सदस्यका उमेद्वार, राजनितिक दल, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ईन्सेक, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति, निर्वाचनका लागि युवा साझा अभियान, सामुदायीक रेडियो प्रशारक संघ र बर्हिगमीत पूर्व लडाकु नेपालले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष कमलप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ईन्सेकका क्षेत्रीय प्रमुख शिव खकुरेलले गर्नुभएको थियो ।