राजनीतिक दलहरुको चुनाबकेन्द्रीत अभियान जारी

विकल्प न्यूज /बेनी
बैशाख २५ गते ।
स्थानीय तहको निर्वाचन हुने दिन एक साता बाँकी रहँदा म्याग्दी जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाबकेन्द्रीत गाउँ अभिायनलाई तिब्रता दिएका छन् ।

यसैक्रममा आइतबार बेनी नगरपालिका र विभिन्न गाउँपालिकामा राजनीतिक दलहरुको कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेले बेनी नगरपालिका–१० पात्लेखेतमा चुनाबी आमसभा सम्पन्न गरेको जानकारी दिएको छ । सभालाई सम्बोधन गर्दै मेयरका प्रत्यासी प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई रिङरोडका रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरु रहेको बताए ।IMG_0434उनले नगरपालिकाको सबै वडामा पक्की सडक, पुल निर्माण, होटल स्थापना, अस्पताल सञ्चालनलगायतका विकासका पूर्वाधारहरु बनाउने आफ्नो योजनाहरु सुनाउँदै मतदाताहरुलाई भोट मागेका छन् ।
सोही कार्यक्रममा राप्रपाबाट उपमेयरका प्रत्यासी सञ्जु थापा बरुवालले देशकै नमुना नगरपालिका बनाउने आफ्नो लक्ष्य र योजना रहेको हुँदा महिलाका समस्यालाई प्राथमिकता दिएर आफूले काम गर्ने बताउँदै मतदाताहरुलाई अमुल्य मत दिएर जिताउन अनुरोध गरेकी छिन् । IMG_0436कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं भूपू राज्यमन्त्री भीमप्रसाद गौचन, एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले मन्तव्य राखेका थिए । वडाध्यक्षका प्रत्यासी कृष्णबहादुर मल्लको अध्यक्षता र समिर रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सदस्य डिपी शर्माले स्वागत गरेका थिए । एमालेको ओख्ले र वाखेतमा पनि चुनाबलक्षित कार्यक्रम सम्पन्न भएको छ । IMG_6345यसैगरी शनिबारै अन्नपूर्ण गाउँपालिकाको घराम्दी र हिस्तानमा पनि चुनाबी कार्यक्रम सम्पन्न भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमलाई एमालेका सचिवालय सदस्य सन्तोष रावल, गाउँपालिका प्रत्यासीद्वय नारायण पुन र दुर्गा पूर्जाले सम्बोधन गर्दै मत मागेका छन् ।
त्यस्तै धौलागिरि गाउँपालिकाको धारापानीमा चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई एमालेका पोलिट व्युरो सदस्य थममाया थापा, गाउँपालिकाका उम्मेदवार थमसरा पुन, रेशम छन्त्याललगायतले सम्बोधन गरेको एमालेले जनाएको छ ।

त्यसैगरी एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाको प्रमुख आतिथ्यमा ओखरबोटमा चुनाबी कार्यक्रम सम्पन्न भएको बताइएको छ । DSC_0207जिल्लाको रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा आयोजित कार्यक्रममा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, युवा संघ म्याग्दीका अध्यक्ष प्रवीन शाही, गाउँपालिका उम्मेदवार खिम शाहीलगायतले मन्तव्य राखेका छन् ।
यसैबीच बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा तालमेल गरेका नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि आइतबार संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बेनपा–४ वडाको सिङ्गा, सुर्केमेला, थामडाँडा, सोता र ठूलोखोलामा घरदैलो कार्यक्रम गरी तातोपानी पुगेर चुनाबी सभा गरिएको ती पार्टीले जनाएका छन् ।

तातोपानीको चुनाबी आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसको मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठले नगरपालिकालाई सक्षम र आर्थिक रुपमा सम्पन्न बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले काँग्रेसकै नेतृत्वमा देशमा शान्ति र संविधान आएको बताउँदै आगामी चुनाबमा काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए । DSC_0257कार्यक्रममा माओवादी पार्टीको उपमेयरका उम्मेदवार ज्योती लामिछानेले बेनी नगरपालिको समग्र विकाससहित महिलाको उत्थान गर्ने आफ्नो योजना रहेको बताउँदै अमुल्य मत दिएर जिताउन मतदातालाई आग्रह गरेकी छिन् ।
कार्यक्रममा नेपाली काँग्रेस वडानम्बर ४ का वडाध्यक्ष उम्मेदवार मिनबहादुर बानियाँ र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार भगवान खड्काले मन्तव्य राखेका थिए । DSC_0249कार्यक्रम नेपाली काँग्रेस बेनी नगरपालिकाका सभापति अनोद श्रेष्ठको अध्यक्षता, नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य कुशल पौडेलको स्वागत र नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । काँग्रेस र माओवादीले सदरमुकाम बेनीबजारमा समेत घरदैलो अभियान गरेका छन् ।
राष्ट्रिय जनमोर्चा म्याग्दीले पनि बेनी नगरपालिकाको सुर्केमेला, मालिका गाउँपालिकाको दुखु, दर्बाङ र रातढुङ्गामा घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको बताएको छ । कार्यक्रममा गाउँपालिका प्रमुखका उम्मेदवार छेमबहादुर विश्वकर्मा छवि, ६ नम्बर वडाका वडा सदस्य चित्रबहादुर विक, कार्यकर्ताहरु भीमबहादुर पर्टेल, प्रविन विकलगायतको सहभागीता रहेको थियो ।

यसै गरि नयाँ शक्ति नेपाल र संघिय समाजवादी फोरमले पनि चुनावी अभियान सञ्चालन गरेका छन् । यी दुइ पार्टी  विच चुनावी तालमेल गरेर जिल्लामा चुुनाव लडेका छन् । चुनाव चिन्ह मसाल समातेको छ । jandha

त्यस्तै नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारद्वय फौजबहादुर कार्की, भोमकुमारी कार्की, कार्यकर्ता टिकाप्रसाद राना, प्रेम विक, लिला थापाले घरदैलो र भेटघाट कार्यक्रम गरेको जनमोर्चाले जानकारी दिएको छ । Maobadi Umedbarयस्तै राष्ट्रिय जनमुक्ति पार्टीले रत्नेचौरको अर्जममा घरदैलो र चुनाब प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । सो पार्टीबाट मेयरका प्रत्यासी नरबहादुर थापा, जिल्ला अध्यक्ष तिलकबहादुर थापा र अन्य कार्यकर्ताले चुनाबकेन्द्रीत कार्यक्रम गरेका थिए ।