चर्चामा बेनीको उपमेयर ः कसले बाजी मार्ला

विकल्प न्यूज/बेनी
बैशाख २२ गते । बैशाख ३१ गते को स्थानीय तह निर्वाचन आउन अव ९ दिन बाँकी छ । उम्मेदवार मनोनय सँग यतिखेर उम्मेदवारहरु जनताका घरदैलोमा पुगेका छन् । बेनी नगरपालिकामा काँग्रेस– माओवादी र एमाले – राप्रपा विच चुनावी तालमेल भएको छ । चुनावी तालमेलका कारण प्रमुख र उप्रमुखको निर्वाचन पेचिलो बन्ने मतदाताहरुले आकलन गरेका छन् ।18198275_10154607036247507_8352443360833813095_nचुनावी तालमेलका कारण उपमेयरमा दुइ जना महिला नेतृहरुका विच कडा प्रतिस्पर्धा देखिन्छ । काँग्रेस– माओवादी गठबन्धनबाट माओबादी केन्द्रकी नेतृ ज्योति लामिछाने र एमाले – राप्रपाबाट राप्रपाकी सन्जु बरुवाल यतिखेर चुनावी मैदानमा उत्रिएका छन् ।

लामिछाने पूर्वसभासद तथा माओबादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलकी बुहारी र बरुवाल राप्रपाका जिल्ला अध्यक्ष विर वहादुर थापाको छोरी हुन । जिल्लाका दुवै नेतालाई उपमेयरमा आफन्तलाई विजयी गराउने चुनौती छ ।
उमेरले ३० नकाटेका यि दुवै उपमेयरका उम्मेदवारहरुको राजनीतिक पृष्ठ भूमि त्यति लामो छैन ।

२०६२/०६३ को जनआन्दोलन पछि राजनीतिमा प्रवेश गरेकी लामिछाने विद्यार्थी फाँट हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी हुन ।

माओवादी पृष्ठभूमिको परिवार भएकाले लामिछाने ले तत्कालिन समयमा माओवादीकै जिल्ला नेता पौडेलका छोरा कुशल पौडेल सँग वैवाहिक जिवनमा बाँधिएकी हुन । पौडेल सँगको विवाह पश्चात उनको राजनीतिले केही गति लिएको हो ।

माओबादीमा आएको विभाजन सँगै महिला नेतृत्वको खडेरी लागेका समयमा लामीछाने पार्टी राजनीतिमा आउने अवसर प्राप्त भयो । त्यसैको फलस्वरुप अहिले उपमेयरको पनि । जिल्लाकै नमुना दिदिवहिनी सहकारीमा आवद्ध भएर समाजसेवामा क्रियाशिल लामिछाने नगरपालिका क्षेत्र भित्र नयाँ नाम होइन ।

केही समय गैरसरकारी क्षेत्रमा काम गरेका कारण नगरक्षेत्र भित्रका मतदाताहरुले लामिछानेलाई राम्रो सँग चिन्छन् ।
बेनीबजारका मतदाताहरुको साहानुभूति पनि लामिछानेप्रति नै रहेको देखिन्छ । यसका अलावा रत्नेचौर,सिङगा,अर्थुङगे,ज्यमरुककोट,घतान र पात्लेखेतबाट उनलाई राम्रो मत खस्ने आँकलन गरिएको छ ।

यता उपमेयरको अर्की उम्मेदवार बरुवाल पनि राजनीतिमा आउनु पारिवारिक कारणनै हो । एमाले – राप्रपा गठबन्धनका कारण उपमेयरको अवसर बरुवाललाई प्राप्त भएको हो । बरुवाल पनि  बलियो उम्मेदवार भएको एकाथरिहरुले विश्लेषण गरेका छन् । गठबन्धनका मत  उपमेयरमा जाने हो भने बरुवालको पनि संभावना रहेको  देखिन्छ । तर बेनी नगरपालिकामा राप्रपा भन्दा माओबादी केन्द्र नै बलियो भएकाले उनलाई जित हासिल गर्न कठिन पर्न सक्ने विश्लेषण पनि गरिएको छ ।

विकल्प न्यूजको समाचार टिप्पणी