जलजलामा काँग्रेसका बागी उम्मेदवार राजु आचार्यको उम्मेदवारी फिर्ता

विकल्प न्यूज/जलजला
बैशाख २१ गते ।
पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका बागी उम्मेदवार राजु आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीको टिकट वितरणमा असन्तुष्टी जनाउँदै आचार्यले स्वतन्त्रका हैसियतमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।DSC_0225विहिवार उम्मेदवारी फिर्ता लिने समय भित्र आचार्यले फिर्ता लिएको गाउँपालिका कार्यकारी अधिकृत सिता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका याम वहादुर मल्ल(रामकृष्ण) नेकपा एमालेका लालवहादुर अधिकारी,नेकपा माओवादी केन्द्रका वावुराम कार्की र राप्रपाका पुष्पराज पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।