एमालेद्धारा मंगलाका बागी उम्मेदवारलाई कारबाही

विकल्प न्यूज/बेनी
बैशाख २२ गते ।

नेकपा एमाले म्याग्दीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिने नेतालाई कारबाही गरेको छ ।

मंगला गाउँपालिका २ बाबियाचौरको वडा अध्यक्ष पदमा बागी उम्मेदवार दर्ता गराएका बाबियाचौरका नारायण अधिकारीलाई कारबाही गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विज्ञप्ती मार्फत जानकारी गराउनुभएको हो ।16237778_1412880588736173_1202148198_n(1)पार्टीको बिधान र स्थानीय तह निर्वाचन सम्बन्धि निर्देशन विपरीत काम गरेकाले अधिकारीलाई जिल्ला र साधारण सदस्यबाट निष्कासन गरेको विज्ञप्तीमा उल्लेख छ । अधिकारी एमालेको जिल्ला कमिटि सदस्य हुनुहुन्थ्यो ।UML Karbahaiएमालेले बाबियाचौरमा रणवाङका धनबहादुर खातीलाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । गाउँपालीकाको अध्यक्षको उमेद्वारका आकांक्षी रहेका अधिकारीले टिकट नपाएपछी असन्तुष्टि जनाउँदै वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको थियो ।