जलजलाको केन्द्र विवाद ः चुनावी कार्यक्रम गर्न नदिने चेतावनी

विकल्प न्यूज/जलजला
बैशाख २२ गते ।
पर्वतको उत्तरी जलजला गाउँपालिकाको केन्द्र विवादका कारण दलहरुको निर्वाचन प्रचार कार्यक्रम प्रभावित हुने भएको छ ।17410084_1253305674717242_887741155_nसरकारले फागुन २७ गते साविकको माझफाँट गाविसको कार्यालयमा गाउँपालिकाको अस्थायी केन्द्र तोकेको थियो । माझफाँटमा केन्द्र निर्धारण भएपछि सालिजा,धाइरिङ,बनौ र नाग्लीवाङका स्थानीयवासीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।18362166_1190042547772241_107513058_oगाउँपालिकाको केन्द्र सवैलाई पायक पर्ने स्थानमा राख्नुपर्ने माग गर्दै आएका जलजलावासीहरुको शुक्रबार मिलनचोकमा वसेको भेलाले केन्द्रका वारेमा उम्मेदवारहरुलाई दवाव दिने उद्देश्यले जमुना आचार्यको संयोजकत्वमा नागरिक समाज गठन गरेका छन् ।

शुक्रवार गठित नागरिक समाजले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुलाई निर्वाचन पछि न्यायायिक तरिकाले गाउँपालिका केन्द्र सवैलाई पायक पर्ने स्थानमा निर्णय गरिने सार्वजनिक प्रतिवद्धता नआए सम्म यस क्षेत्रमा कुनै पनि चुनावी कार्यक्रम गर्न नदिने चेतावनी दिएको छ ।
बहुसंख्याक जनताहरुको मागलाई उम्मेदवारहरुले सम्मान गरेमा मात्र चुनावी कार्यक्रम गर्न दिने भेलाको निर्णय भएको नागरिक समाजकी अध्यक्ष जमुना आचार्यले बताउनुभयो ।
उहाँहरुले सार्वजनिक रुपमा लिखित प्रतिवद्धता नजनाए सम्म यस क्षेत्रमा चुनावी कार्यक्रम गर्न रोक लगाइएको उहाँले बताउनुभयो ।