धौलागिरि गाउँपालिकामा काँग्रेस र एमालेले खाता खोले

विकल्प न्यूजबेनी
बैशाख २२ गते ।
धौलागिरि गाउँपालिका वडा नम्बर २ लुलाङमा एमालेका तर्फबाट महिला सदस्य पदकी उम्मेदवार सुवा देवी पुर्जा निर्विरोध हुनुभएको छ । माओबादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नुभएकी महिला सदस्य फूलमाया वुढाथोकीको उम्मेदवार बदर भएपछि पुर्जा निर्विरोध हुनुभएको हो ।

वुढाथोकी महिला स्वयमसेविकामा कार्यरत भएकाले उहाँको उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।dhaulagiri gaupalikaत्यस्तै वडा नम्बर २ मल्कवाङबाट नेपाली काँग्रेसबाट दलित महिला सदस्य धनसरा विक पनि निर्विरोध हुनुभएको छ ।
दलित महिला सदस्यमा कसैको उम्मेदवारी नपरेपछि विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।