यस्ता छन् धौलागिरिका उम्मेदवारका एजेण्डा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ बैशाख ।
भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।Thamsara Punएक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार एक्लै चुनावी मैदानमा उत्रिएका छन् । एमालेले अध्यक्षमा महिला उमेद्वार बनाएको र काँग्रेस माओवादीले तालमेल गरेकाले यहाँको चुनावी प्रतिस्पर्धालाई फरक दंगले बिश्लेषण गरीएको छ ।Rim Prakash Thapaसाविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको धौलागिरीमा १४ हजार १०४ जनसंख्या र जिल्लामा सबैभन्दा कम नौ हजार ३३४ जना मतदाता रहेका छन् । ३७ वटा पदका लागि ८६ जना प्रतिस्पर्धामा छन् ।   Resham Chantyal यस्ता छन एजेण्डा
धौलागिरी गाउँपालीकाका उमेद्वारहरुले आफ्नो पार्टीले केन्द्रिय स्तरमा तयार पारेका घोषणापत्रका साथै स्थानीय मुद्दाहरुलाई समेत अघि सारेका छन् । भौगोलिक बिकटता, केन्द्रको बिवाद, पुर्वाधारको कमी र सामाजिक चेतनाको कमी धौलागिरी गाउँपालीकाको प्रमुख चुनौती हुन् ।

पर्यटन, कृषि, जडिवुटी, खनीज र जलस्रोतको सम्भावना पहिचान र त्यसको सदुपयोग गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारेका उमेद्वारहरुले पूर्वाधार, शिक्षा स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, सडकको पहुँच विस्तार तथा गुणस्तरीय सार्वजनीक सेवाप्रवाहलाई प्राथमिकता दिने बताएका छन् ।Dammar Bhandariगाउँपालीकाको केन्द्रको बिवादलाई सबैको सहमतीमा समाधान गरी सम्बृद्ध गाउँपालीका बनाउने अभियानमा एकतावद्ध गर्ने उमेद्वारहरुको भनाई छ । काँग्रेस र माओवादी केन्द्रको तालमेलमा अध्यक्षको उमेद्वार बन्नुभएका माओवादीका रिमप्रकाश थापाले कृषि, पर्यटन, वनपैदावार, जलस्रोतको सम्भावना रहेको धौलागिरी गाउँपालीकामा सडक विस्तार, स्तरवृद्धीका साथै जलजला, गुर्जा, धौलागिरी आधार शिवीर क्षेत्रमा पर्यटनको केन्द्रको रुपमा विकास गर्ने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

संसारको सातौ अग्लो धौलागिरी हिमाल, मुलुकको एकमात्र शिकार आरक्ष ढोरपाटन, छन्त्याल समुदायको बसोबास रहेको गुर्जामा पर्यटन, ताकम, मुनामा कृषि, मुदी, मल्कवाङ, मराङ, लुलाङमा पशुपालन तथा वनपैदावार जन्य उद्यमको सम्भावना रहेको उहाँको भनाई छ ।

एमालेबाट अध्यक्षको उमेद्वार बन्नुभएकी थमसरा पुनले पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरी रोजगारी सिर्जना मार्फत गरी युवालाई बिदेशीनुपर्ने बाध्यताबाट मुक्त गर्ने, धौलागिरी आधार शिवीरसम्म सहज पदमार्गको पहुँच पु¥याउने योजना अघि सार्नुभएको छ ।

ताकम, मुनाको सोलवाङ, मुदीको खाम्लाको खेतीयोग्य जमिनलाई उपयोग, सडक सञ्जाल विस्तार, जडिवुटी र वनपैदावारको परिचालन, ब्यवसायीक पशुपालनको विकासलाई प्राथमिकता दिएर कृषी र पर्यटनमा नमुना बनाउने पुनले बताउनुभयो ।N cअध्यक्षमा माओवादी केन्द्रका उमेद्वारलाई सघाएको नेपाली काँग्रेसबाट उपाध्यक्षका उमेद्वार डम्मर भण्डारीले गाउँपालीकाको केन्द्रको विषयमा उत्पन्न बिवादले सिर्जना भएको तित्ततालाई मेटाएर एकताको वातावरण सिर्जना गराउने, जलविद्युत, खानी, जडिवुटी, पर्यटन क्षेत्रमा लगानी भित्र्याउने योजना रहेको बताउनुभयो । प्राकृतीक स्रोतको पहिचान र परिचालनमा ध्यान दिदै ढोरपाटनसम्म सडक, गुर्जालाई पर्यटकीय स्थल तथा धौलागिरी आधार शिवीरमा सुरक्षित पदमार्ग पु¥याउने भण्डारीको योजना छ ।

उपाध्यक्षमा भण्डारीसंगै एमालेका युवा नेता रेशम छन्त्याल चुनावी मैदानमा उत्रिनुभएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उमेद्वार बनेका ताकम धारापानीका बासिन्दा थापासंग गैरसरकारी संस्था, सहकारी र विभिन्न उपभोक्ता समितिहरुमा रहेर काम गरेको अनुभव छ । उमेद्वारी दिनुअघि सम्म दरवाङ बचत तथा ऋण सहकारी संस्थामा कार्यरत थापाले दरवाङ–देविस्थान–धारापानी–ताकम सडक निर्माणका क्रममा सक्रिय भुमिका निर्वाह गरेका थिए ।

मुदी खिवाङ स्थित चन्द्रज्योती माविमा अस्थाई शिक्षकको रुपमा एक दशक काम गरेकी पुन प्रअ पदबाट राजिनामा दिएर उमेद्वार बन्नुभएको हो । अनेमसंघको जिल्ला अध्यक्ष रहेकी पुनले अध्यापन गर्नुअघि गैरसरकारी संस्थामा काम गर्नुभएको थियो भने हाल स्नाकोत्तर अध्ययनरत हुनुहुन्छ । काँग्रेसबाट उपाध्यक्षका उमेद्वार भण्डारी मुना फलीयागाउँ र छन्त्याल ताकम मच्छिमका हुन् । भण्डारी बैदेशीक रोजगारीबाट फर्कीएपछि केही वर्षयता गाउँकै राजनिति, विकास निर्माण, सामाजिक गतिबिधिमा क्रियाशिल हुनुहुन्छ भने गैरसरकारी संस्थाको जागीर छोडेर उमेद्वार बनेका छन्त्याल पनी सो क्षेत्रमा एमालेका सक्रिय युवा नेता हुन् ।

यस्तो छ अंकगणीत
धौलागिरी गाउँपालीकामा दुईपक्षिय चुनावी प्रतिस्पर्धा छ । काँग्रेस र माओवादीको तालमेलबाट उमेद्वार बनेका रिमप्रकाश थापा र एमालेकी महिला नेता थमसरा पुन अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ । उपाध्यक्षमा काँग्रेस माओवादी तालमेलबाट काँग्रेसका युवा नेता डम्मर भण्डारी, एमालेका रेशम छन्त्याल र राप्रपाका ऋषीराम सुवेदी उमेद्वार हुनुहुन्छ ।

७ नम्बर वडामा पर्ने ताकममा सबैभन्दा बढी दुई हजार ४४२ जना मतदाता छन भने सबैभन्दा कम गुर्जामा ६७२ जना मतदाता रहेका छन् । ५ नम्बर वडा मल्कवाङमा ८४१, २ नम्बर वडा लुलाङमा ९३६, ६ नम्बर वडा मराङमा एक हजार १९२, ३ मुनामा एक हजार ५९७ र ४ मुदीमा एक हजार ६५४ जना मतदाता छन् ।dhaulagiri gaupalikaजिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार १२ वटा मतदान स्थल रहेको धौलागिरी गाउँपालीकामा चार हजार ४८६ पुरुष र चार हजार ८४८ महिला मतदाता छन् । नेपाली काँग्रेसका नेताहरुले आफ्नो पार्टीको गुर्जा, मुना, मल्कवाङ, मराङमा बलीयो उपस्थिती रहेको दावी गरेका छन् ।Congress_Uml_mao_three_party_1एमालेका नेताहरु मुदी, मुना, मराङ र ताकममा आफ्नो पकड भएको बताउँछन् । गुर्जा, लुलाङ, ताकम र मराङ आफ्नो पार्टीको आधार क्षेत्र भएको दावी गर्ने माओवादी नेताहरु फुटपछी अन्य पार्टीमा गएका नेता, कार्यकर्ता फर्कीएको लगायतका कारणले २०७० को तुलनामा पार्टीको अवस्था सुधार भएको दावी गर्छन् । म्याग्दीमा माओवादी जनयुद्धको समयमा आधार क्षेत्र मानिने धौलागिरी गाउँपालीकामा पछिल्लो समय काँग्रेसको तुलनामा एमालको संगठनात्मक गतिबिधी बढी छ । काँग्रेसले पनी आफ्नो संगठन सुधार गरेको देखिन्छ ।

मुदीमा माओवादी काँग्रेसको उपस्थिती एमालेको तुलनामा कम छ भने गाउँपालीकाको केन्द्रको बिवाद र उमेद्वार चयनका क्रममा ताकमका एमालेका स्थानीय नेताहरुलेनै पार्टी नेतृत्वको भुमिकाप्रती असन्तुष्टि र विभिन्न आरोपहरु लगाएको देखिन्छ । राज्य पुनसंरचनाका क्रममा जिल्ला प्राबिधिक सहयोग समितिले धौलागिरीको केन्द्र ताकममुना सिफारीस गरेको थियो भने आयोगले मुनालाई अस्थाई केन्द्र कायम गरेको छ ।Congress and Maoist

केन्द्रको विषयमा करिब दुई महिना चलेको आन्दोलनलाई थाती राखेर गाउँपालीकाका सबै पक्ष चुनावमा होमीएका छन् । एमालेले महिला र जनजाती समुदायबाट उमेद्वार बनाएको छ भने माओवादीले काँग्रेससंग तालमेल गरेर बढी मतदाता रहेको ताकमबाट उमेद्वार उठाएकाले धौलागिरी गाउँपालीकाको चुनावी प्रतिस्पर्धा रोचक र चासोको विषय बनेको छ ।