हावाहुरीले विद्यालयको छानो उडायो

विकल्प न्यूज/बेनी
बैशाख २१ गते ।

म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङ स्थित राम्चे प्राबिको कक्षा कोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ ।

बेजोडका साथ चलेको हावाहुरीले २ कोठे भवनको जस्तापाटाको छानो उडाएको विद्यालयका प्रअ छोटेलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार विद्यालयको प्रशासनीक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको छानो उडाएको हो ।

छानो उडाउदा प्रशासन कक्षका सामानमा क्षत्ती पुगेको छ । पठनपाठन सञ्चालनमा समस्या सिर्जना भएको छ । विद्यालय छुट्टी भैसकेपछि हुरी बतास चलेको थियो ।