समाचार

मराङमा अामा समुहले भवन बनाए (हेर्नुहाेस फाेटाे )

सन्तोष गौतम / विकल्प न्युज मराङ २४ बैशाख ।धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि मन्तब्य व्यक्त […]

हाट बजारलाई प्रयोगमा ल्याउन ज्ञापनपत्र

विकल्प न्युज / बेनि बैशाख २४ गते । बेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ । लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । समितिका अध्यक्ष ज्ञानेन्द्र […]

जलजलाका कृषकलाई गाेठ सुधारमा अनुदान

सन्तोष गौतम/ विकल्प न्युज बेनी २४ बैशाख । जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो । भुकम्पबाट प्रभावीत दश जना […]

स्वास्थ्यकर्मीलाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापनसम्बन्धी तालिम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख २४ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सोमबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको […]

मुस्ताङमा उच्च सुरक्षा सर्तकता

निरज थकाली/विकल्प न्यूज ठिनी, मुस्ताङ २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । तिब्बती सिमामा रहेको नेचुङ र म्याग्दीसंगको सिमाना घाँसामा चेकजाँचमा कडाई गरिएको छ । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरण सहितको अभिलेख संकलन गरिएको छ । सुरक्षा निकायको दैनिक बैठक […]

प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनिक

विकल्प न्यूज/बेनी बेनी २३ बैशाख ।  बेनी नगरपालिका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनिक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई क्लबका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् । प्रतियोगिताका लागि नौ लाख ५२ […]

फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । जलजला गाउँपालिका ४ फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु भएको छ । गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आयोजनामा सञ्चालीत तालीममा बिस जना महिलाहरुको सहभागीता रहेको छ । वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षता मा सुरु भएको तालीमको गाउँपालिका उपाध्यक्ष सिमा पुनले उद्घाटन गर्नुभयो । […]

मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा पुन

विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको आईतबार बेनीमा सम्पन्न भेलाले खिमबहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण पाईजा र सहसचिबमा पदम शेरपुञ्जा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा मन बहादुर थापा मगर, नरबहादुर […]

पुलले बनायो इलमी

अगन्धर तिवारी/पर्वत बैशाख २३ गते । कुश्मा ९, कटुवाचौपारीका ४२ वर्षीय दया लामिछानेको पुस्तौनी पेसा कृषि हो । एक–दुईवटा गाईभैंसी पालेर जीविकोपार्जन गर्दै आएका उनले मोदीबेनीको ओरालो–उकालो गर्न नसकेपछि विदेश जाने सोच बनाए । ‘यहाँजत्तिको दु:ख विदेशमा गर्न सके राम्रै कमाइ हुन्छ भनेर धेरैले सुझाएपछि २०६४ असोजतिर राहदानी बनाएँ,’ लामिछानेले अतीत सम्झिए, ‘यताउता गर्दागर्दै डेढ वर्ष बित्यो । […]

नयाँ पदमार्ग पहिचान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख/ समुदायको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको करबाकेलीलाई केन्द्रित गरेर नयाँ पर्यटकीय पदमार्ग पहिचान भएको छ । करबाकेली पर्यटन ब्यवस्थापन समितिले बेनी, कराबाकेली, पुनहिल हुदै कास्कीको बिरेठाँटीलाई समेटेर करबाकेली ईको ट्रेकको पहिचान गरेको म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । […]

कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्र सञ्चालन गर्न लागेको हो । बेनी नगरपालिकासंग सूचना केन्द्र सञ्चालन गर्ने सम्झौता गरेर भवन मर्मत र रंगरोगनको काम सुरु गरिएको संघका दितृय उपाध्यक्ष तथा सूचना केन्द्र व्यवस्थापन […]

खाराका आगलागी पीडितलाई घर हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख ।   मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष रेशम जुग्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट सहयोग तथा […]

जलजलाका जनप्रतिनिधिलाई जनताको विश्वास जित्ने गरि काम गर्न निर्देशन

विकल्प न्यूज/जलजला बैशाख २१ गते ।  नेकपा एमालेबाट बिजयी भएका जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताको अपेक्षा र चाहना बमोजिम काम गर्न पार्टीले निर्देशन दिएको छ । नेकपा एमाले पर्वत स्थानीय विकास विभागले जलजला गाउँपालिकामा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित जनप्रतिनिधिहरुले जनादेश अनुसार काम गरि पार्टीले लिएको नीतिलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए । […]

बैशाख ३० गते म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

विकल्प न्यूज/बेनी बैशाख २१ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को यहि बैशाख ३० गते देखि औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य […]

शनिबार नेपाल बन्द गर्ने नेकपाको आयो यस्तो विज्ञप्ती

विकल्प न्यूज/बेनी बैशाख २१ गते । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते शनिबार नेपाल बन्दको आवह्न गरेको छ । नेकपाका म्याग्दी सेक्रेटरी रन्जीतद्धारा हस्ताक्षरीत विज्ञप्तीमा संविधानले व्यवस्था गरेको शान्तिपूर्ण तरिकाबाट सभा सम्मेलन गर्ने,नेपालको हरेक ठाउँमा हिडडुल गर्न पाउने स्वतन्त्रता सम्बन्धि हकको धज्जी उडाउँदै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गर्ने झुठ्ठा मुद्धा लगाउने […]