विकल्प न्यूज/बेनी
बैशाख २१ गते । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते शनिबार नेपाल बन्दको आवह्न गरेको छ ।
नेकपाका म्याग्दी सेक्रेटरी रन्जीतद्धारा हस्ताक्षरीत विज्ञप्तीमा संविधानले व्यवस्था गरेको शान्तिपूर्ण तरिकाबाट सभा सम्मेलन गर्ने,नेपालको हरेक ठाउँमा हिडडुल गर्न पाउने स्वतन्त्रता सम्बन्धि हकको धज्जी उडाउँदै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गर्ने झुठ्ठा मुद्धा लगाउने र शारिरिक तथा मानसिक याताना दिने कार्य बर्तमान सरकारले गरेकाले यसको विरुद्धमा आन्दोलनमा जानुपरेको उल्लेख छ ।
पढ्नुहोस विज्ञप्ती