ताजा समाचार:
Search

समाचार

जलजलामा उद्घोषणकला तालिमको समापन, सिलाइकटाई तालिम सुरु

प्रताप बानियाँ /बेनी म्याग्दी, असार १६ । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित बगरफाँटमा सञ्चालित उद्घोषणसम्बन्धी तालिम शनिबार सकिएको छ । जलजला गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना, बगरफाँट आमा समूह र बगरफाँट जनजाति समूहको सहआयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो । दुई हप्तासम्म चलेको तालिममा प्रशिक्षक कृष्ण जिसीले उद्घोषण, माइन्युटलेखन, भाषणकला र […]

काँग्रेस म्याग्दीको कार्यसमितिले पूर्णता पायो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ असार । नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ । वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापति, सहसचिव र प्रवक्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतिमा माधवप्रसाद रेग्मी, […]

मंगलामा कृषि पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन

सन्तोष गौतम/ विकल्प बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ । कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय कृषि […]

मालिकाकाे अधिभरामा सार्वजनिक सुनुवाई

विकल्प / मालिका असार १५ गते । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले […]

मौवाफाँटमा सार्वजनीक सुनुवाई

विकल्प न्युज ।  मौवाफाँट १५ असार । म्याग्दी मिडिया सोसाईटीको समन्वय र रघुगंगा गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी रघुगंगा गाउँपालिका–१, २, ३ र ४ वडाका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयको सेवालाई प्रभाबकारी बनाउन, प्रशासनिक प्रकृयालाई सरल र सहज […]

कालीगण्डकीमा जिप खस्याे

सन्तोष गौतम\विकल्प म्याग्दी १४विकल्प। बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो । […]

बेनी नगरपालिका भित्रकाे बेथिति राेकौ (सम्पादकीय )

विकल्प न्युज । असार १४ गते ।  म्याग्दीको सदरमुकाममा अवस्थित बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यशैलीका कारण नगरमा बेथिति मौलाएको छ । जनप्रतिनिधिहरुले प्रचलित नियम र कानुनको उल्ङ्घन गरेका छन् । नगर क्षेत्रमा सञ्चालन हुने विकास योजनाहरुको अनुगमन र नियमन गर्नुपर्नेमा नीतिगत व्यवस्थाकै धज्जी उडाउँदै उपभोक्ता समितिको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका छन् । उपभोक्ता समिति मार्फत […]

बेनी नगरपालिकाकाले पारित गर्याे ५४ कराेडकाे बजेट

सन्तोष गौतम/ विकल्प बेनी १४ असार ।पर्यटकीय पूर्वाधार निर्माण र वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीका योजनालाई प्राथमिकता दिदै म्याग्दीको बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि करिब ५४ करोड रुपैया बराबरके बजेट पारीत गरेको छ । बुधबार बेनीमा सम्पन्न तेस्रो नगरसभाले असार १० गते सुरु भएको नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको ५३ करोड […]

घरेलुको अनुदान वितरण न्योचित नभएको गुनासाे

विकल्प न्युज / बेनी म्याग्दी, १४ असार । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै […]

बिममा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/ विकल्प बिम १३ जेठ ।म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो ।कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयमा दरबन्दि अनुसारका कर्मचारीको […]

लिफ्ट प्रबिधिको खानेपानी अायाेजनाकाे भवन शिलन्यास

धिरन खत्री/ विकल्प पर्वत बेनी १३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गर्नुभएको हो । […]

जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसियाली

सन्तोष गौतम/ विकल्प बगर १३ असार ।म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै दिनको घुमाउरो बाटो […]

बिमका ज्येष्ठ नागरिक र अपाङगलाई सिरक वितरण

सन्तोष गौतम/ विकल्प बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर जेष्ठ, अशक्त […]

स्थानीय तहका एक वर्ष

हरिप्रसाद पौडेल /विकल्प न्यूज असार १२ गते । सिहदरवारकोे अधिकार गाउँमा भन्ने शङ्खघोषका साथ नेपालको संविधान २०७२ ले गरेको ब्यवस्था वमोजिम स्थानीय तहको निर्वाचन भएर पहिलो वर्षको जन्मोत्सव सकिइसकेको छ । नेपालको सन्दर्भमा पछिल्लो राजनीतिक परिवर्तनको फलस्वरुप गणतन्त्रात्मक संघिय संरचना कायम भएको हो चाहे नेपाली कांग्रेसले २००७ साल देखी हामीले उठाएको नारा भनोस् चाहे तत्कालिन […]

दरवाङलाई सफा र सुन्दर बनाउन टोल विकास समिति सक्रिय

विकल्प न्यूज/बेनी असार १२ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई सफा सुग्धर बनाउन टोल विकास समिति सक्रियता देखाएका छन् । स्थानीय तह कार्यान्वयनसंगै गठन भएका समिति मार्फत नियमित सरसफाई अभियान सञ्चालन गरेर म्याग्दीको दोस्रो सदरमुकाम र पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र दरवाङ बजारलाई चिटिक्क बनाउन सक्रिय बनेका हुन् । सार्वजनिक स्थलमा फोहोर नफाल्ने र घरायसी […]