समाचार

युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग

विकल्प न्यूज /बेनी माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो […]

नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा

समिर रोका मगर/बिकल्प न्युज बेनी ,माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध्यक्ष पुर्जा संगै कमिटीको उपाध्यक्षमा तिलक थापा मगर […]

धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ र बिनियोजन ऐन […]

शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

विकल्प न्यूज/बेनी माघ १२ । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागि भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आएको माग पुरा हुनुपर्नेमा जोड दिएका थिए । नेपाल शिक्षक […]

रेडक्रस दरवाङ उपशाखाको साधारणसभा

विकल्प न्यूज/बेनी माघ १२ गते ।                   नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाका कार्यबाहक सभापति भिमप्रसाद गौतमको अध्यक्षता र सचिव हिरा पुनको सञ्चालनमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय […]

अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला अध्यक्षमा खड्का चयन

विकल्प न्यूज/बेनी माघ ११ गते । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो । सम्मेलनबाट उपाध्यक्षमा सुश्मा शेच्चुरी, सचिबमा रोहित विक, कोषाध्यक्षमा […]

जिसस सभाहल निर्माण अघि वढ्यो

विकल्प न्यूज/बेनी माघ ११ गते । संघियता कार्यान्वयन सँगै अलपत्र अवस्थामा रहेको जिल्ला समन्य समितिको सभाहल निर्माण योजना अगाडि बढाइने भएको छ । निर्माणधीन अवस्थामा रहेको सभाहल संघियता कार्यान्वयन सँगै विचमै रोकिएको थियो । तत्कालिन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट विनियोजन भई सभाहल निर्माण अगाडि बढाइएको थियो । सभाहल सम्पन्न नहुँदै मन्त्रालय खारेजीमा परेपछि दुइवर्ष […]

योजना कार्यान्वयनमा जुट्यो पूर्वाधार विकास कार्यालय

विकल्प न्यूज/बेनी माघ ११ गते । जिल्लाको सडक र मोटरेबल पुलको योजनाका लागि गण्डकी प्रदेशबाट विनियोजन भएको योजना तथा बजेट कार्यान्वयनमा पूर्वाधार विकास कार्यालय बेनी जुटेको छ । आर्थिक वर्ष २०७५\७६ को लागि प्रदेश सरकार मार्फत विनियोजनका योजनालाई कार्यान्वय गर्नका लागि कार्यालयले म्याग्दी र मुस्ताङका विभिन्न ६ वटा योजनाहरुलाई ठेक्का लगाउनको लागि बोलपत्र आह्वान गरीसकेको […]

मृगौला पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको आरवाङका बान्दिाले मालिका गाउँपालिका ६ दुखुका मृगौला पीडित मिलन रोकाको उपचारका लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आरवाङको प्रगति युवा क्लबको नेतृत्वमा स्थानीयबासीबाट संकलित चालीस हजार २५० र क्लबको चार हजार ७५० रुपैयाँ मिलनका भाई नविनलाई बिहीबार हस्तान्तरण गरिएको हो । […]

राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले स्थापना दिवस मनायो

विकल्प न्यूज/बेनी माघ १० गते ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले बिहीबार ५४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । १२ जना बालबालिकाहरुलाई कापी, कलम, दालमोद, बिस्कुट र हर्लीक्स वितरण गरिएको शाखाका प्रबन्धक […]

पर्यटन विकासका लागि म्याग्दीका तिनसहित १९ स्थानीय तहको साझा कार्यसूची

विकल्प न्यूज/बेनी माघ १० गते ।   पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ नगरपालिकाको बीचमा सहकार्य हुने भएको छ । पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ । यसका लागि संयुक्त कार्यशाला गोष्ठीको तयारी थालिएको छ […]

सडकमै चालकको प्रेसर र आँखा परिक्षण

विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा दुर्घटना भएको हुँदा […]

पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान

गोपाल छन्त्याल/अस्ट्रेलिया माघ १० गते ।  पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन। […]

मंगलाको बान्द्रेमा खेलमैदान निर्माण सुरु

विकल्प न्यूज/बेनी माघ १० गते  म्याग्दीको मंगला गाउँपालिका–३ बान्द्रेमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण सुरु भएको छ । म्याग्दी नदीको किनारमा खेर गएको चौरलाई सम्माएर खेलमैदान निर्माण कार्य सुरु भएको स्थानीय युवा सन्तोष गिरीले जानकारी दिनुभयो । खाल्टाखुल्टी र अव्यवस्थित मैदानलाई डोजर लगाएर सम्माईएको उहाँले बताउनुभयो । खेलमैदान निर्माणको लागि मंगला गाउँपालिकाले रु ५० हजार बजेट […]

मुख्यमन्त्री गुरुङले धौलागिरीको गाउँसभालाई सम्बोधन गर्ने

विकल्प न्यूज/बेनी माघ १० गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको धौालागिरी गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्नुहुने भएको छ । माघ १३ गते आइतवार गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरिएको पाँचौ गाउँसभालाई सम्बोधन गर्न मुख्यमन्त्री गरुङ म्याग्दी आउन लाग्नुभएको हो । गत शनिबार वसेको गाउँकार्यपालिकाको वैठकले गाउँसभामा मुख्य मन्त्री गुरुङलाई ल्याउने निर्णय गरेको थियो । गाउँपालिकाको समस्या […]