ताजा समाचार:
Search

राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले स्थापना दिवस मनायो

विकल्प न्यूज/बेनी
माघ १० गते ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले बिहीबार ५४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । १२ जना बालबालिकाहरुलाई कापी, कलम, दालमोद, बिस्कुट र हर्लीक्स वितरण गरिएको शाखाका प्रबन्धक अर्जुन तिवारीले जानकारी दिनुभयो । सो कार्यक्रममा प्रबन्धक तिवारीले शाखाले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा शाखाबाट १३ करोड रुपैयाँ निक्षेप संकलन र ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको जानकारी दिनुभयो बाहिरबाट ३१ करोड रुपैयाँ ल्याएर म्याग्दीमा लगानी गरिएको प्रबन्धक तिवारीले बताउनुभयो । शाखाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराइएको बताउनुभयो । नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महत र कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले विभिन्न व्यक्ति तथा संघ संस्थाको चन्दा सहयोग, भाडा र राहदानीको फारम भरेर बालगृह सञ्चालन गरिएको बताउनुभयो । उहाँहरुले बालगृह सञ्चालनका लागि सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी भावना शर्माले गर्नुभएको थियो ।