मृगौला पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी
माघ १० गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको आरवाङका बान्दिाले मालिका गाउँपालिका ६ दुखुका मृगौला पीडित मिलन रोकाको उपचारका लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आरवाङको प्रगति युवा क्लबको नेतृत्वमा स्थानीयबासीबाट संकलित चालीस हजार २५० र क्लबको चार हजार ७५० रुपैयाँ मिलनका भाई नविनलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

क्लब अध्यक्ष चक्र पुनको अध्यक्षता, उपाध्यक्ष कुमार जुक्जालीको मन्तब्य र वडा अध्यक्ष लोक पुन, जनविकास आधारभुत विद्यालयका प्रअ तिलक गर्बुजा, आमा समूह, युवा क्लब, विद्यार्थीहरुको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको थियो ।