युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग

विकल्प न्यूज /बेनी
माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् ।

घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो ।शुक्रबार दिउँसो ग्याँस चुहावट भएर आगोलागी हुँदा एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एक तले पाँच कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगोलागि पिडितका लागि यसअघि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रुपमा दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।