ताजा समाचार:
Search

मंगला गाउँपालिका

मंगला गाउँपालिकाको एघार बिधेयक पारित

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १२ गते । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो । गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका, कृषि […]

गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु

विकल्प न्यूज/बेनी बैशाख ११ गते । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बराङ्जालाई गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट तथा कार्यक्रममार्फत सडक निर्माणको काम अगाडि बढाइएको हो । मंगला–३, को सातबिसेदेखि सडकको ट्¥याक खोल्ने काम सोमबारदेखि औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ […]

जग्गादातालाई सम्मान

विकल्प न्यूज/बेनी बैशाख २ गते । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङ दिही स्थित सहयोगी आमा समूहले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिलाई शनिबार सम्मान गरेको छ । चार कोठे भवन निर्माणका लागि २५ हात पिछाड र १८ हात मुहाड भएको चार लाख रुपैया मूल्य बराबरको घडेरी उपलब्ध गराउनुभएका स्थानीय नेत्रबहादुर बुढा (नारायण) र उहाँकी […]

मंगला ईकाईको सभापतिमा पाण्डे

विकल्प न्यूज/बेनी चैत २५ गते । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको मंगला ईकाईको सभापतीमा हुमनाथ पाण्डे निर्वाचित हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न मंगला गाउँपालीकाका ब्यवसायी, ब्यापारी र उद्यमीहरुको भेलाले ईकाईको उपसभापतीमा चक्रलाल पाण्डे, सचिवमा प्रेमलाल पौडेल, कोषाध्यक्षमा शोभा केसी र सहसचिवमा प्रमानन्द विश्वकर्मालाई चयन गरेको छ । सदस्यहरुमा रामचन्द्र पौडेल, तिलकप्रसाद पुन, होमप्रसाद सुवेदी, मोतिलाल […]

सञ्चार माध्यमको सवलीकरणमा गाउँपालिकाको ध्यानाकर्षण

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १४ चैत ।  मिडीया सोसाईटी म्याग्दीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि बुधबार मालिका र मंगला गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले दुई वटै गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालीका सदस्यहरुलाई भेटेर माग पत्र बुझाउदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो । […]

अलपत्र भवन…….

अलपत्र भवन……. विकल्प न्यूज/बेनी चैत ८ गते । मंगला गाउँपालिका ५ सेराफाँटमा निर्माणाधिन पोष्ट हार्भेस्ट सेन्टरको भवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत गत वर्षदेखि निर्माण सुरु भएको योजनाले निरन्तरता नपाएपछि भवन अलपत्र परेको हो । कृषि औजार भण्डारण गरी राख्ने र कृषकहरुलाई भाडामा लगाउने उद्देश्यले निर्माण सुरु भएको भवनलाई पूर्णता दिएर प्रयोगमा ल्याउने विषयमा […]

मंगलाको बुकेनीमा स्वास्थ्य ईकाइ स्थापना

सन्तोष गौतम/ विकल्प म्याग्दी १ चैत । म्याग्दीको मंगला गाउँपालीका ४ बुकेनीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटताका कारण साविकको गाविस स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर सेवा, सुबिधा लिन कठिनाई झेल्दै आएका गाउँलेको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ईकाईको स्थापना गरीएको हो । ईकाईको बिहीबार मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका र […]

लाम्गादेका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । क्यान्सरबाट थलीएर उपचारको क्रममा दिवंगत भएको मंगला गाउँपालिका १ कुहुँका दुर्गाबहादुर लाम्गादेका परिवारलाई कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालिका ६ दरवाङ घर भई हाल दक्षिण कोरीयामा रहनुभएका किसान सेन विश्वकर्माको पहलमा पचास हजार रुपैया सहयोग प्राप्त भएको लाम्गादेका ज्वाई अमृत नेपालीले बताउनुभयो । कोरियाबाट विश्वकर्माले […]

म्याग्दीमा अपारदर्शी रुपमा “डोजर” प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन २२ गते ।  बेनपा २ को दारिम्बोटमा उपभोक्ता समितिले भाडामा लिएको डोजर प्रयोग गरेर सडक फराकीलो बनाईदै । तस्विर नवविकल्प म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रुपमा “हेभी ईक्युभमेन्ट”को प्रयोग भएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगराई मौखीक सहमतीको आधारमा आफू अनुकुलका […]

म्याग्दीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु(फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ फागुन । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दीमा बुधबारदेखि चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष […]

चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ फागुन । म्याग्दीमा बुधबारदेखि सुरु हुन लागेको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमो पुगेको छ । बेनी स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अनितम चरणमा पुगेको जानकारी गराइएको हो […]

बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर ५ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको फोहोर पानाबगरमा व्यवस्थापन गर्न सुरु भएको छ । गाउँपालिका, वडा कार्यालय र टोल सुधार समितिको पहलमा बजारमा फोहोर संकलन गरी पानाबगरमा व्यवस्थापन गर्न थालीएको हो । ३५० घरधुरीको बसोबास रहेको मंगला गाउँपालीका २ मा पर्ने बाबियाचौर बजारका बासिन्दाले यसअघि म्याग्दी नदी र बस्ती […]

के.डी वर्ष पत्रकारिता पुरस्कार खड्कालाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ फागुन ।  म्याग्दीका पत्रकार घनश्याम खड्का के.डी वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनुभएको छ ।  मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले शनिबार दोस्रो वार्षिक उत्सवको अवसरमा कृषि र पर्यटन क्षेत्रमा समाचार लेखेवापत कान्तिपुर दैनिकका सम्बाददाता खड्कालाई ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पुरस्कार प्रदान गरेको हो । सोही अवसरमा रासस […]

पौडेल दम्पत्तीद्धारा टोड्केको स्वर्गेद्धारी आश्रममा २ लाख ५० हजार मुल्यका मुर्ती दान

विकल्प न्यूज/बेनी फागुन २ गते । टोड्केमा रहेको स्वर्गद्धारीको शाखा आश्रमलाई बागलुङका एक दम्पत्तीले २ लाख ५० हजार बराबरको मुर्ती सहयोग गरेका छन् । मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा रहेको शिवालय मन्दिरलाई बागलुङ नगरपालिका–२ श्रीनगरटोल निवासी माधवप्रसाद पौडेल र विष्णुकुमारी पौडेलले भगवान शिवजीको पत्थरका मुर्ती, शिव लिङ्ग,घण्टी र जलधार गरी कुल २ लाख […]

पत्रकारिता पुरस्कारको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले आफ्नो वार्षिक उत्सवको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक उत्सवको अवसरमा आगामी ५ गते ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पत्रकारीता पुरस्कार प्रदान गर्ने बुधबार बेनीमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक अकोश पौडेलले जानकारी दिनुभयो । नेपाल पत्रकार […]