राष्ट्रिय समाचार

एमालेको पिप्ले र मुदीमा घरदैलो कार्यक्रम

विकल्प न्युज/बेनी कार्तिक १६ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् । बिहीबार देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन […]

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

विकल्प न्युज/ बेनी कार्तिक १५ गते । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।   यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, […]

गठबन्धनका उम्मेद्वरा पोखरामा मतदाता भेटघाट

विकल्प न्युज/बेनी कार्तिक १५ गते । आगामी ०४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीमा बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले चुनावी भेटबाट,घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । सोही अनुसार मंगलबार कास्की स्थित पोखरामा बासोबास गर्ने म्याग्दीलीहरुसंग भेटघाट गरेका छन् । मंगलबार एक कार्यक्रमका विच गठबन्धनका उम्मेदवारहरुले विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्ने म्याग्दीलीहरुलाई घेटघाट गरी आगामी […]

म्याग्दीमा निर्वाचन आचारसंहिता विरुद्धको गतिविधि गरेको भन्दै २४ घण्टे स्पष्टीकरण माग

विकल्प न्यूज\बेनी कात्तिक १४ गते ।  म्याग्दीका दुई उम्मेदवारलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारले निर्वाचन आचारसंिहता विरुद्धको गतिविधि गरेको उजुरी परेपछि मूख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण माग गरेको हो । मतदातालाई प्रभावित पार्न चामल बाँढेको र युवा क्लबलाई चन्दा दिएको उजुरी परेपछि […]

माओवादी केन्द्र गुर्जाका नेताहरु एमालेमा प्रवेश

विकल्प न्यूज/बेनी कात्तिक १४ गते । नेकपा माओवादी केन्द्र गूर्जाका स्थानीय नेता, कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१, गूर्जामा आयोजित एमालेको चुनाव लक्षित कार्यक्रमको अवसरमा उनीहरु माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा माओवादी केन्द्र गूर्जाका प्रेम छन्त्याल, गोर्खा छन्त्याल र तारामान विकसहितको टिम रहेको […]

म्याग्दीवासीको सेवा गर्न सरकारी जागिर छाडेर राजनीतिमा आएँ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक १४ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू म्याग्दीवासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा आएको बताउनुभएको छ । लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव आफू सँग भएकाले निर्वाचनमा मतदान गरेर विजयी गराउन मतदाता […]

रघुगंगा गाउँपालिका–३ मा गठबन्धनको घरदैलो अभियान

विकल्प न्यूज/बेनी कात्तिक १४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा […]

मालिकाको रुममा अनेमसंघले माग्यो एमालेको पक्षमा मत

विकल्प न्यूज\बेनी कात्तिक १४ गते । अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीको आयोजनामा सोमबार चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चुनावी कार्यक्रम गरिएको अनेमसंघले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव थमसरा पुनले आसन्न निर्वाचनबाट नेकपा […]

मंगलाका मतदाता सँग एमालेका उम्मेद्वार

विकल्प न्यूज/बेनी कात्तिक १४ गते ।   नेकपा एमाले म्याग्दीको सोमबार मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा मतदाता भेटघाटको क्रममा […]

नेकपा एमालेका उम्मेदवारकाे मतदाता भेटघाट जारी

विकल्प न्युज/ बेनी कार्तिक १३ गते । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण […]

मतदाताको घरदैलोमा गठवन्धनका उम्मेदवार

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । सत्ता गठबन्धनका उम्मेदवारहरु मत माग्न घरदैलोमा पुगेका छन् । चुनावी कार्यक्रम अन्तर्गत पहिलो चरणमा मत माग्न मतदाताका घरघरमा उम्मेदवारहरु पुगेका छन् । जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुगेको उनीहरुले मतदातातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका […]

ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली […]

एमालेका उम्मेदवार मतदाताको घरघरमा

विकल्प न्यूज\बेनी कात्तिक ९ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका उम्मेदवारहरु मत माग्न घरघरमा पुगेका छन् । बेनी नगरपालिका–६, अर्थुङ्गेमा नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले […]

समृद्धिका एजेण्डा लिएर एमाले उम्मेदवार कुँवर पहिलोपटक चुनावी मैदानमा

लक्ष्मण सापकोटा/कुश्मा कात्तिक ७ गते । आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरु घरदैलो र भेटघाटमा व्यस्त छन् । यसै क्रममा पहिलोपटक संसदिय निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाउनुभएका एमाले नेता भक्त कुँवर जिल्लाको समृद्धिको एजेण्डा बोकेर प्रदेश सभा क्षेत्र नम्बर १ को चुनावी मैदानमा हुनुहुन्छ । पर्वतको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि […]

मान्छेका प्यारा कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

७ कात्तिक, बेनी ।  कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपले आर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी […]