रघुगंगा गाउँपालिका–३ मा गठबन्धनको घरदैलो अभियान

विकल्प न्यूज/बेनी
कात्तिक १४ गते ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरि भण्डारीको टोलीले रघुगंगा – ३ को दुलेपानी, मालिका, अक्षेता, कलेजाबाङ, फुलवारी र मौवाफाँटमा घरदैलो मार्फत मतदाता भेटघाट गर्नुभएको हो ।

मतदातासंगको छलफलको क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गर्वुजाले म्याग्दीको बिकासलाई गति दिन र विकास मार्फत आम नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउन बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीले परिवर्तित अवस्था र चुनौतिपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनताको दुखसुखमा सेवक र साथि बनेर उभिने बताउँदै म्याग्दीको विकासलाई यथास्थितिबाट गतिशिल र जनताले अनुभुति गर्ने गरि अघि बढाउन भूमिका खेल्ने बताउनुभयो ।

उम्मेदवारहरुको टोलीले स्थानीयबासीको समस्या, गुनासा र सुझाबहरु समेत संकलन गर्नुभएको थियो । टोलीमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिब केसी, जिल्ला सदस्य सम्झना परियार, वडा कमिटी सभापति अशोक शाही, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य रिम कटुवाल, चिना हमाल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेशम कटुवाल, नेविसंघ जिल्ला सभापति निर्मल खत्री लगायतको सहभागीता रहेको थियो ।