राष्ट्रिय समाचार
सिंगाका किसानले फलाए एककरोडका सुन्तला
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २० गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाकी देवी क्षेत्रीको सुन्तला बगैँचा गत असोजको पहिलो हप्तामानै बिक्री भयो । बास्कुनाकै दिर्घबहादुर खत्रीको बगैँचा पनि असोजमै विक्री भयो । असोजमा पेश्कीवापतको रकम बुझाएका पोखरा,काठमाण्डौं,चितवनका सुन्तला व्यापारीहरु यतिखेर वाँकी पैसा बुझाएर सुन्तला टिप्न आएका छन् । बेनी नगरपालिका ४ सिंगाका किसानहरुले यो वर्ष मात्र […]
अवैधानिक क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयको परिपत्र
काठमाडौँ — गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले निर्देशन दिएको छ । त्यस्तै विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही […]
अक्करे भीरमा सडक बनेपछि लेकगाउँवासीलाई सहज
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १२० गते । बजेट अभावमा वर्षौ देखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ बेंसी देखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत आयोजना भित्रिएसँगै निर्माण भएको छ । सडक निर्माण गर्न गाउँलेहरुले चन्दा सहयोग र जग्गाधनी पुर्जा बैंकमा धितो राखेर रकम जोह गरेर १० वर्ष अघि सडक निर्माण थालेपनि आवश्यक रकम जुटाउँदा […]
बेनी स्थित कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १९ गते । म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा सञ्चालन सुरु गरिएको छ । जलयात्राको राम्रो संभावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको संगम स्थलसम्म जलयात्रा सञ्चालन सञ्चालन गरेको हो । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुल स्थित गण्डकी होटल सँगको सहकार्यमा […]
नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो
विकल्प न्यूज/बेनी पुस १९ गते । बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले जितेको छ । प्रकाश माविले १५ स्वर्ण,९ रजत र ९ काश्य सहित जम्मा ३३ मेडल प्राप्त गरी प्रथम हुन सफल भएको हो । त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण,१० रजत र ९ काश्य […]
निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष कैद फैसला
१९ पुस, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी […]
जिल्लाको शैक्षिक विकासमा म्याग्दी क्याम्पसको योगदानको चर्चा
विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको शैक्षिक विकासमा म्याग्दी क्याम्पसले पु¥याएको योगदानको चर्चा भएको छ । जिल्लाको समग्र शैक्षिक विकासको नेतृत्व गरेको क्याम्पसले शैक्षिक जनशक्ति उत्पादनका हिसावमा अब्वल भएको कार्यक्रमका वक्ताहरुले चर्चा गरेका छन् । पछिल्ला केही वर्ष यता क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि हुँदै जानु र क्याम्पसबाट उत्पादित जनशक्ति प्रशासनीक,राजनीतिक लगायतका क्षेत्रहरुमा पुग्नु क्याम्पसको […]
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता
विकल्प न्यूज/बेनी पुस १८ गते । बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ । प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु, सटफुट र दौडका २६ वटा खेलको फाइनल भएको छ । प्रकाश माविले ६ वटा स्वर्ण, दुई वटा […]
जनतालाई कानुन अनुसारको सेवा सहज रुपमा उपलब्ध हुन्छः नवआगन्तुक प्रजिअ पौडेल
विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभएको छ। सोमबार जिल्लामा कार्यरत पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई सहजीकरण गर्ने जनाउनुभएको हो । ग्हमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान दिने, कानुनी कारबाही […]
कालिगण्डकीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालन
विकल्प न्यूज/बेनी पुस १८ गते । सदरमुकाम बेनी बजारको कालिपुल स्थित वसपार्कमा कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाका गमबहादुर पुनले कालिगण्डकी नदी किनारमा सञ्चालनमा ल्याउनुभएको होटल गण्डकी एण्ड रेष्टुरेण्टको आइतबार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले उद्घाटन गर्नुभयो । बेनी जोमसोम कोरला सडकको प्रवेशद्धारका […]
सातौं म्याग्दी महोत्सवको तयारी तीव्र
विकल्प न्यूज/बेनी पुस १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने सातौं म्याग्दी महोत्सवको तयारी तीव्र पारिएको छ । आगमी पुस २८ गते देखि माघ ७ गते सम्म बेनीमा आयोजना हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको […]
किन रोकियो बेनीमा निर्माणधिन रामायण पार्क योजना ?
ठाकुरप्रसाद आचार्य/बेनी पुस १६ गते । म्याग्दीको बेनीमा निर्माणधिन रामायण पार्क योजना बजेट अभाव भएपछि अलपत्र परेको छ । बेनी नगरपालिका ५ पछैलाई धार्मिक स्थलका रुपमा विकास गर्ने उद्देश्यले डेढ वर्ष अघि रामायण पार्क निर्माण योजना थालिएको थियो । संघीय सरकार अन्तर्गतको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगरिदिएपछि योजना अलपत्र परेको हो […]
लोकदिप सहकारीले गर्यो विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह
बेनी, १५ पुष । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर […]
म्याग्दीका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीका बङ्गुर फार्महरुमा अफ्रिकन स्वाइन फिभर संक्रमणका कारण बङ्गुरहरु मर्न थालेपछि फार्महरु रित्तिन थालेका छन् । एकसाता यता बङ्गुर फार्महरुमा स्वाइन फिभरको संक्रमण फैलिएको छ । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले […]
बेनी नगरका प्रमुख केसी डोजर लिएर पुगे अव्यवस्थित संरचना हटाउन कालिपुल (फोटो)
विकल्प न्यूज/बेनी पुस १५ गते । बेनी नगरपालिकाले कालिपुल स्थित बसपार्कमा निर्माण भएका अव्यवस्थित संरचना हटाउन थालेको छ । शुक्रबार बेनी नगरपालिकाका प्रमुख सुरत केसी,वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्य सहितको टोलीले वसपार्कमा रहेका अव्यवस्थित घर टहरा हटाउन डोजर लिएर जानुभएको थियो । शुक्रबार वसपार्क स्थित यातायात व्यवसायीले राखेको टिकट काउन्टर डोजर लगाएर भत्काइएको […]