जिल्लाको शैक्षिक विकासमा म्याग्दी क्याम्पसको योगदानको चर्चा

विकल्प न्यूज/बेनी
पुस १८ गते ।

म्याग्दीको शैक्षिक विकासमा म्याग्दी क्याम्पसले पु¥याएको योगदानको चर्चा भएको छ । जिल्लाको समग्र शैक्षिक विकासको नेतृत्व गरेको क्याम्पसले शैक्षिक जनशक्ति उत्पादनका हिसावमा अब्वल भएको कार्यक्रमका वक्ताहरुले चर्चा गरेका छन् ।

पछिल्ला केही वर्ष यता क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि हुँदै जानु र क्याम्पसबाट उत्पादित जनशक्ति प्रशासनीक,राजनीतिक लगायतका क्षेत्रहरुमा पुग्नु क्याम्पसको सफलता भएको विचार व्यक्त गरिएको थियो ।

सोमबार क्याम्पसको ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभामा वोल्ने वक्ताहरुले आगमी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्नेमा विचार व्यक्त गरेका थिए । जिल्लामा उत्पादित शैक्षिक जनशक्तिलाई जिल्लामा नै रहने वातावरण बनाउन उनीहरुले जोड दिए ।

क्याम्पस सभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्वुजा (खम्वीर) ले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा म्याग्दी बहुमुखीले क्याम्पसले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले क्याम्पसलाई थप ब्यवस्थित पुर्वाधारयुक्त बनाउनका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमा संविधानसभा सदस्यद्वय गोविन्द पौडेल, रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पसका पुर्व अध्यक्ष हरीकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदी लगायतले क्युएए मान्यता प्राप्त क्याम्पसको भौतिक सुविधासम्पन्न बनाउदै शैक्षिक गुणस्तरमा थप सुधार मार्फत नमुना क्याम्पसको रुपमा विकास गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहनेमा जोड दिनुभएको छ।

सोही कार्यक्रममा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष, पुर्व विद्यार्थी, संचालन समिति लगायतको उपस्थित रहेको थियो । क्याम्पसले बार्षिकोत्सवको अवसरमा प्रतिनिधिसभामा निर्वाचित गवुर्जालाई सम्मान गरेको थियो ।

क्याम्पस संचालन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालन समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठको स्वागत, सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको संचानलमा भएको कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए ।

क्याम्पसमा आयोजना गरिएको खेलकुद सप्ताहमा विजेता खेलाडीलाई पुरस्कृत गरिएको थियो । एक हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले वि.स. २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्यूएए) मान्यता प्राप्त गरेको थियो ।