कालिगण्डकीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालन

विकल्प न्यूज/बेनी
पुस १८ गते ।

 

सदरमुकाम बेनी बजारको कालिपुल स्थित वसपार्कमा कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाका गमबहादुर पुनले कालिगण्डकी नदी किनारमा सञ्चालनमा ल्याउनुभएको होटल गण्डकी एण्ड रेष्टुरेण्टको आइतबार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले उद्घाटन गर्नुभयो ।

बेनी जोमसोम कोरला सडकको प्रवेशद्धारका रुपमा रहेको कालिपुल वसपार्कमा नयाँ होटलले पर्यटकका लागि थप सुविधा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । होटलले प्रदान गर्ने राम्रो सेवा र पाहुनाको स्वागत सत्कारले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो । कालिगण्डकी नदी किनारको शान्त र मनोरम वातावरणमा खुलेको होटलको उहाँले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पाहुनाका लागि स्थानीय उत्पादनका परिकार सहितको अर्गानिक खाना उपलब्ध गराउने होटलका संचालक पुनले बताउनुभयो । होटलमा कोदो,मकैको ढिडो सिस्नो,लोकल कुखुराका साथै अर्गानिक खाना र वस्नका लागि राम्रो सेवा सुविधा रहेको उहाँले बताउनुभयो । केही दिनमै पर्यटकका लागि कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा पनि सञ्चालन गरिने पुनले बताउनुभयो ।