बेनी स्थित कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन

ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस १९ गते ।

म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा सञ्चालन सुरु गरिएको छ । जलयात्राको राम्रो संभावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको संगम स्थलसम्म जलयात्रा सञ्चालन सञ्चालन गरेको हो ।

म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुल स्थित गण्डकी होटल सँगको सहकार्यमा कालिगण्डकीमा जलयात्रा सञ्चालन संचालन गरेको स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले बताउनुभयो ।

कालिगण्डकी नदीमा राम्रो संभावना भएकाले बैशाख महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने उहाँले बताउनुभयो । पर्वतको नयाँ पुल देखि विगत १४ वर्ष देखि ¥याङ्खिटङ गर्दै आउनुभएका पुनले बेनीमा पनि जलयात्राको राम्रो संभावना देखेको बताउनुभयो ।
गलेश्वर देखि सुरु भइ बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको संभावनालाई उजागर गर्न कालिगण्डकीमा जलयात्रा सञ्चालन संचालन गरिएको पुनले बताउनुभयो ।

म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी गलेश्वर देखि बेनीको खुल्ला मञ्चसम्म तिनकिलोमिटरको जलयात्राका लागि एकहजार दुई सय रुपियाँ भाडा तोकिएको छ । बेनी देखि मालढुङ,नयाँ पुल हुँदै मिर्मी सम्म पनि पर्यटकले चाहेमा लैजान सकिने गाइड सन्तोष गिरीले बताउनुभयो । बेनी देखि मिर्मी तिनदिनमा पुग्न सकिने उहाँले बताउनुभयो ।

पुस २८ गते देखि बेनीमा हुने सातौं म्याग्दी महोत्सवलाई लक्षित गरेर आफ्नो कम्पनीले बेनीमा ¥याङ्खिटङ सञ्चालन गरेको उहाँले बताउनुभयो । महोत्वस पनि जलयात्रा सञ्चालन लाई निरन्तरता दिने उहाँको भनाई छ ।

गलेश्वर देखि खुल्ला मञ्च सम्म नदीको बहाव राम्रो भएकाले ¥याफ्टिङको मज्जा लिन सकिने गाइड पुनले बताउनुभयो । जलयात्रा सञ्चालनले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउने गण्डकी होटलका सञ्चालक गम पुनले बताउनुभयो ।