राष्ट्रिय समाचार
अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने प्रयास
विकल्प न्यूज/बेनी जेठ ७ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् […]
मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान
जेठ ४ गते । अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको […]
पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदी स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो । सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि […]
बेनीमा सहकारी बैंकको शाखा माग
विकल्प न्युज/बेनी जेठ २ गते । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो । म्याग्दी र […]
पर्यटकीय गन्तब्य बन्दै प्यारी बाराही ताल
विकल्प न्यूज/बेनी जेठ २ गते । अन्नपूर्ण गाउँपालिका ७ स्थित प्यारी बाराही ताल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । पर्यटकीय स्थल घोडेपानी देखि ताल सम्म साइकल र घोडा मार्ग निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटकलाई थप आकर्षीत गर्न घोडेपानी–प्यारीबाराही ताल हुँदै ठूलाखर्क देखि पर्यटकीय स्थल मोहोरे डाँडा जान गुराँस पदमार्गको परिकल्पना […]
बेगखोलामा पक्की पुल निर्माण तीव्र
ठाकुरप्रसाद आचार्य/बेनी जेठ २ गते । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र परेका कतिपय योजनाहरु छन् । म्याग्दीमा पनि ठूला योजनाहरु यसैको सिकार भएका छन् । तर कतिपय योजनाहरु भने ठेकेदारले सम्झौता मिति अगावै निर्माण सक्नेगरी धमाधम काम भइरहेका छन् । म्याग्दीमा निर्माणधिन एउटा पुल सम्झौता मिति भन्दा ६ महिना पहिलानै सक्ने गरी निर्माणको काम […]
१७ वर्षपछि कालिगण्डकी गर्ज निर्माण प्रक्रिया सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । सर्वे भएको १७ वर्षपछि १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । यो आयोजना म्याग्दीको अहिले सम्मको सवै भन्दा ठूलो आयोजना हुने छ । मुस्ताङ र म्याग्दी जिल्लामा आयोजनाको संरचना बनाउने गरी २०६३ सालमा कालिगण्डकी गर्जको सर्वे गरिएको थियो । ठूलो आयोजना भएकाले […]
धौलागिरिको शिखरमा पुगे आरोही
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । संसारको सातौं अग्लो धौलागिरि हिमालको शिखरमा आरोहीहरु पुग्न थालेका छन् । प्रतिकुल मौसमका कारण झण्डै एकमहिना आधारशिविरमा रोकिएका आरोहीहरु अनुकुल मौसमपछि धौलागिरिको चुचुरोमा पुग्न थालेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आइतबार नेपाली समय अनुसार विहान ७ बजेर ३० मिनेटमा […]
छोरी बेडमा,आमा उपचार खर्च अभावमा छटपटिदै
विकल्प न्यूज/बेनी जेठ १ गते । घाउले छियाछिया भएको शरीर यताउता चल्मलाउन खोजिरहन्छिन् । आँखाले सारा संसार नियाल्ने कोसिस पनि छ उनको । तर, म्याग्दीको मालिका गाउँपालिका ३ पात्ले घर भएकी २२ वर्षीया थमकुमारी रोका मगरको न शरीर चल्छ, न आँखाले खुल्ला संसार चियाउन सक्छिन् । सम्भवतः थमकुमारीलाई दायाबाट बाया र बायाबाट दाया तर्फ शरीर […]
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेका हुन्। उमेरले ३० वर्ष पुगेका […]
म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार सर्वसाधारण लाभान्वित
प्रताप बानियाँ/म्याग्दी । बैशाख ३१ गते । म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार बढी सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा यही बैशाखको २५ गतेदेखि आज (आइतबार)सम्म सञ्चालित ट्राफिक सचेतना कार्यक्रमबाट जिल्लामा कुल २२ हजार ५ सय ५८ जना सर्वसाधारणहरु लाभान्वित […]
पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित
प्रताप बानियाँ /बेनी बैशाख ३० गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रवार वडानम्बर ५ पुलाचौरमा सञ्चालित पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित भएका छन् । पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमार्फत ग्रामीण भेगका किसानहरुले पालेका पशुपन्छीको उपचार गरिएको हो । शिविरमा पुलाचौरका एकसय ५३ जना किसानहरुले पालेका २२ सय पशुपन्छीहरुको उपचार गरिएको बेनी […]
धौलागिरि आधारशिविरमा ७ महिनादेखि बेपत्ता भएकाको शव फेला
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ स्थित धौलागिरि हिमालको आधारशिविरमा विगत ७ महिनादेखि वेपत्ता भएकाको शव फेला परेको छ । फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ बस्ने २७ वर्षीय देव लामाको रहेको शवको खोजीमा आधारशिविर पुग्नुभएका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले जानकारी दिनुभयो । शवको खोजीमा शेरचन सहित तिनदिन अघि नेपाली […]
गण्डकी प्रदेशमा प्रादेशीक सडक सञ्जालको गुरुयोजना बनाउन समिति गठन
विकल्प न्यूज/बेनी बैशाख ३० गते । गण्डकी प्रदेश सरकारले प्रादेशीक सडक सञ्जालको गुरुयोजना बनाउन समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले पदभार ग्रहण गर्दे उक्त समिति गठन गर्नुभएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री पदमा नियुक्त गरेलगत्तै शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण सहित […]
ज्यामरुककोटका महिला भन्छन् ः ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ ’
म्याग्दी, २९ बैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने सहकारी शिक्षा तालिमका सहभागी महिलाहरु यस्तो बताएका हुन् । देशका विभिन्न ठाउँमा […]