धौलागिरि आधारशिविरमा ७ महिनादेखि बेपत्ता भएकाको शव फेला

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख ३० गते ।

 म्याग्दीको धवलागिरि गाउँपालिका ४ स्थित धौलागिरि हिमालको आधारशिविरमा विगत ७ महिनादेखि वेपत्ता भएकाको शव फेला परेको छ । फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ बस्ने २७ वर्षीय देव लामाको रहेको शवको खोजीमा आधारशिविर पुग्नुभएका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले जानकारी दिनुभयो ।

शवको खोजीमा शेरचन सहित तिनदिन अघि नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजना गरी चारजनाको टोली आधारशिविर पुगेको थियो ।
दुईदिन सम्मको खोजी कार्यमा पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधारशिविरमा शव फेला परेको शेरचनले जानकारी दिनुभयो ।
लामा फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेश पर्यटक लिएर गत असोज २० गते धौलागिरी आधार शिविर पुग्नुभएको थियो । हिउँपहिरोमा परी लामा वेपत्ता हुनुभएको थियो । शवलाई हेलीमार्फत शनिबारनै काठमाण्डौं लगिएको छ ।