राष्ट्रिय समाचार

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण

विकल्प न्युज/ बेनी बेनी ३ असोज ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार […]

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन ः पाहुनालाई स्वागत गर्न तयार भयो बेनी

विकल्प न्यूज/बेनी असोज ३ गते । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली विहिवार देखि दुईदिन सम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले सम्मेलनको तयारी अन्तिमचरणमा पु¥याएका छन् । बजार सरसफाई,तुल ब्यानर टांग्ने,मंच व्यवस्थापन […]

एमाले गण्डकीको प्रथम अधिवशेनको लोगो सार्वजनिक

विकल्प न्यूज/पोखरा असोज २ गते ।    नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा हुने भएको छ । जसका लागि अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन प्रचार प्रसार समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनलाई […]

मंगलेखानीको गाउँभरी आलु र सिमी खेती,भित्रिन्छ वार्षिक ६० लाख

विकल्प न्यूज\बेनी भदौ ३१ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी […]

दोस्रो गल्फ प्रतियोगिताको उपाधी तामाङ र गुरुङलाई

ठाकुरप्रसाद आचार्य \बेनी म्याग्दी,भदौ ३१ गते ।    मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा सम्पन्न दोस्रो गल्फ कोर्स प्रतियोगिताको उपाधी पुरुष तर्फ श्याम तामाङ र महिला तर्फ जुनी गुरुङले प्राप्त गर्नुभएको छ । शनिबार साँझ सम्पन्न भएको प्रतियोगितामा लिलाजंग गुरुङ र सुस्मा सिंह उपविजेता घोषित हुनुभयो । यसैगरी प्रतियोगिताका विभिन्न विधाहरु मध्य क्रस विजेता रविन […]

सञ्चारिक समूह म्याग्दीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा जिसी

विकल्प न्यूज\बेनी भदौ ३० गते ।   ‘समानताका लागि सञ्चार’ भन्ने मूल नारासहित सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको जिल्ला उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, […]

बाल कचहरी : बालअधिकार संरक्षणका लागि ११ बुँदे घोषणापत्र जारी

विकल्प न्यूज\बेनी भदौ ३० गते ।  म्याग्दीको मालिका गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न ११ बुँदे मालिका गाउँपालिका घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो । सामाजिक विकास कार्यालय, म्याग्दी र […]

बेनी नगरप्रमुख केसीले आफ्नै विद्यालयको पर्खालमा चलाए डोजर

विकल्प न्यूज\बेनी भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका प्रमुख सुरत केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाउनुभएको छ । बेनी नगरपालिका ७ महारानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविले सडकमा अतिक्रमण गरेर बनाएको पर्खालमा प्रमुख केसीले डोजर लगाएर भत्काउनुभएको हो । प्रमुख केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै […]

बागलुङमा सुरु भयो चार पांग्रे सवारीको लाइसेन्स परीक्षा

विकल्प न्यूज\बागलुङ भदौ २७ गते । बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले परीक्षाको सुरुआत गरेका थिए । उनले यो अभियान अब नरोकिने […]

बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी

विकल्प न्यूज\बेनी भदौ २७ गते । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो । मोनाले अहिलेसम्म २८ […]

मल्लाज पूर्णगाउँको सुन्दर बराह ताल बगरमा परिणत

विकल्प न्यूज\बेनी भदौ २५ गते । पहिरोले बगरमा परिणत भएको ताल । तस्विर कुशल जिसी जलजला गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्वको आदीवराह मन्दिर नीलो तालमाथि तैरिएर बसे जस्तो देखिन्थ्यो। बाढीका कारण गेगरसहितको माटोले पुरिएर ताल अहिले बगर जस्तै बनेको छ। स्वच्छ, सफा तालले यहाँको सौन्दर्यलाई निकै बढाएको थियो। गाउँपालिका–२, मूल घडेरी भन्ने स्थानमा […]

गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित

विकल्प न्यूज\बेनी भदौ २५ गते । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार र दर्शनको […]

म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ चयन

विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव दिपक पौडेल र सह–सचिव रञ्जिता […]

प्रतिष्ठान म्याग्दीद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग

विकल्प न्यूज\बेनी भदौ २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ ।शनिवार जिल्ला सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रतिष्ठानको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा महासंघलाई नगद १० हजार रुपैयाँ सहयोग गरिएको हो । […]

निजामति कर्मचारीलाई आपत्कालीन अवस्थामा जीवन बचाउने तालिम

प्रताप बानियाँ\म्याग्दी भदौ २३ गते । निजामति सेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आपत्कालीन अवस्थामा जीवन बचाउने सम्बन्धी विषयमा तालिम दिइएको छ । २०औं निजामति सेवा दिवसको अवसरमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो । आपत्कालीन […]