बरंजाबाट बेनी आउँदै गरेको जीप डम्बरामा दुर्घटना हुँदा पाँचजना घाइते

विकल्प न्यूज/बेनी
मंसिर १८ गते । 

मङ्गला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदैगरेको बोलेरो गाडी बेनी नगरपालिका–६ डम्बराको मन्दिरनजिक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ग १ ज ८०४२ नम्बरको बोलेरो दुर्घटना हुँदा मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ कि ६० वर्षीया मनकुमारी रोका र बेनी नगरपालिका–७ का ५२ वर्षीय प्रकाश बानियाँ घाइते हुनुभएको बेनी अस्पतालका मेडिकल अधिकृत डा.गोविन्द पोखरेलले जानकारी दिनुभयो ।

गाडी दुर्घटना भएको जानकारी पाउनासाथ स्थानीय तथा सुरक्षा निकायको सक्रियतामा उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गाडी दुर्घटना भएको स्थल र गाडी पुगेको ठाउँ हेर्दा निकै भयावह दुर्घटना भएको भए पनि क्षति धेरै भएको छैन ।’

गाडीको स्टेरीङ फ्लेभएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि कारण खुल्न भने नसकेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका इन्चार्ज राजेन्द्र पौडेलले जानकारी दिनुभयो । गाडी बिहान साढे ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।