प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

घोडेपानी १६ मंसिर ः

  गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व बचाउदै सडक पूर्वाधार निर्माण गरिने बताउनुुभयो ।

“चित्रे देखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि चालुु आर्थिक वर्षमानै रु. तीन करोडको बजेट व्यवस्था गरेर बहुुबर्षीय ठेक्का लगाउछौ,” उहाँले भन्नुभयो “घोडेपानी देखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु. तीस लाख बिनियोजन भएको छ । थप बजेट ब्यवस्था गरेर यसै वर्ष कास्की र म्याग्दीलाई सडकले जोड्छौ ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुुग्जालीले चालुु आर्थिक वर्षमा रु. तीस लाख बिनियोजन भएको चित्रे घोडेपानी सडकका लागि चालु आर्थिक वर्षमा रु. तीस लाख बजेट थप गर्ने र त्यसलाई बीस प्रतिशत मानेर रु. तीन करोडको बहुबर्षीय ठेक्का लगाउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।

गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको र चित्रे घोडेपानी सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, गाउँपालिकाका अध्यक्ष भारत कुुमार पुन, वडा अध्यक्ष रामबहादुर खड्का, गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले अनुरोध गर्नुभएको थियो ।

मुुख्यमन्त्री पाण्डेले कास्कीको तिखेढुगा हुदै उल्लेरी जोड्ने सडक स्तरोन्नती गर्ने पूूर्वाधार विकास कार्यालय कास्की मार्फत रु. पाँच करोड बजेट बराबरको बहुबर्षीय ठेक्का लगाउने तयारी गरेको बताउनुुभयो । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने बताउनुभयो ।

मुुख्यमन्त्री पाण्डेले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा पहिचान हुुने पदमार्गको विकासमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाउनुभयो । शनिबार हुने समिक्षा कार्यक्रममा सहभागि हुुन मुख्यमन्त्री पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले, गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा लगायत घोडेपानी आउनुभएको छ ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले पर्यटन प्रर्वद्धनका लागि प्रदेश राजधानी पोखरा बाहिर समिक्षा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, पूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयको चालु आर्थिक वर्ष २०८० र ८१ को पहिलो चौमासिकको प्रगति समिक्षाका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागिहरुलाई म्याग्दी क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष रामबहादुुर खड्का, गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुन, घोडेपानीको टोल सुधार समिति, होटल व्यवस्थापन उपसमिति, आमा समूह, पुनहिल युवा क्लवले स्वागत गरेका थिए । कलाकारहरुले मौलिक पहिरनमा सजिएर नृत्य प्रस्तुत गरेका थिए ।