गण्डकीले संघीय टुक्रे योजना कार्यान्वयन नगर्ने ः मुख्यमन्त्री पाण्डे

विकल्प न्यूज ।
घोडेपानी (म्याग्दी) १६ मंसिर ः

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले संघ सरकारले पठाएका टुक्रे योजना कार्यान्वन नगर्ने घोषणा गरेका छन् । उनले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिएका हुन् ।

म्याग्दीको घोडेपानीमा शनिबार भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको प्रथम चोमासिकको समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले टुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिए ।

‘संघीय सरकारले प्रदेशलाई रु. दुुई लाख सम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र संघीय मन्त्रीहरुलाई पाँच÷सात बजेटका साना योजना कार्यान्वयन गर्न सकिदैन भनेको छु,’ उनले भने ‘परिमाण नआउने साना र टुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्न भौतिक पूर्वाधार र सिचाई मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छु ।’

प्रदेश सरकारको कुुल बजेटको ३५ र पुजिगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक मन्त्रालयको प्रगतिले समग्र प्रदेश सरकारको काम देखाउने भएकाले ८१ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यको कार्यान्वयन गर्न निर्देशन दिए ।

 

संघीयता र प्रदेश सरकारप्रति उठेका प्रश्नको जवाफ काम गरेर देखाउनुुपर्ने चुुनौतिको सामना गर्न परिणाममुखी काम गर्नुुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले कुनै पनि बाहनामा बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ति तथा आलटाल गर्ने छुट नहुन चेतावनी दिए ।

जनशक्ति अभावको समस्या समाधान गर्न करारमा कर्मचारी राख्ने अध्यादेश ल्याउन समेत तयार रहेको र त्यसका लागि विपक्षी दलका नेतालाई समेत सहमत बनाएको बताउदै पटक पटक एउटै समस्या देखाएर जिम्मेवारीबाट नपन्छिन आग्रह गरे ।

२०७६ को संघीय वन ऐनलाई देखाएर विकास आयोजनामा अवरोध सिर्जना गर्ने गतिबिधि हुुन थालेको प्रति असन्तुष्टि जनाउदै मुुख्यमन्त्री पाण्डेले प्रदेशसभाले २०८० मा जारी गरेको वन ऐनमा टेकेर काम गर्न अनुरोध गरे । वन, आर्थिक लगायत नीतिगत समस्या समाधानका लागि मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालय तयार रहेको बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले काम भएका विकास आयोजनामा बजेट अभाव हुुन नदिने र योजना कार्यान्वयनमा सहजिकरण गरिने बताए । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले योजना कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा असल अभ्यास विस्तार गर्न समिक्षा कार्यक्रम उपलब्धीमुलक हुुने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, पुुर्वाधार महाशाखाका सिनियर डिभिजनल ईञ्जिनियर राम पराजुुली, यातायात व्यवस्था महाशाखाका प्रमुख टिकाराम पौडेल, पूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयका प्रमुखहरुले चालु आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्था, देखिएका समस्या र समाधानका लागि भएको पहलको विषयमा जानकारी गराए ।