राष्ट्रिय समाचार
बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ
बेनी, २५ मंसिर ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । नगरपालिकाले वि.स. […]
बालाचतुर्दशीमा गलेश्वर शिवालयमा शतबीज छर्न भक्तजनको भीड
विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा सोमबार विहानै देखि शसबीज छर्न भक्तजनहरुको भीड लागेकोछ । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । रातभर जाग्राम बसी भजन, नाचगान गरी बालचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ । फाइल तस्विर
करेन्ट लाग्ने डरले सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट […]
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
इटहरी, मङ्सिर २५ गते । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका […]
गलेश्वरधाममा बालाचतुर्दशी मेलाको तयारी
मङ्सिर २४ गते। म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर […]
न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि
ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २४ गते । म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र […]
माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि जेसीज कपको फाइनलमा
विकल्प न्यूज\बेनी मंसिर २३ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०-२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा […]
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
२३ मङ्सिर, तिल्केनीचौर (म्याग्दी) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै उनले आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा […]
अबको दुई वर्षपछि नेपालले बिजुली आयात गर्दैन ः मन्त्री बस्नेत
विकल्प न्यूज/बेनी मंसिर २३ गते । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तराष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिवद्धता जनाउनुभएको हो । “सरकारको प्रयासले देशको […]
बेनी नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च
प्रताप बानियाँ /विकल्प न्यूज मंसिर २३ गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार ५ नम्बर वडा कार्यालय पुलाचौरमा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिकमा भए गरेका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनवाइ र प्रगति समीक्षा गरिएको हो । बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल […]
मुस्ताङमा भित्रियो स्याउबाट ४९ करोड
विकल्प न्यूज/बेनी मंसिर २२ गते । मुस्ताङबाट यस वर्ष रु. ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले […]
ताकममा वडा कार्यालय भवन निर्माण
विकल्प न्यूज/बेनी मंसिर २२ गते । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण भएसँगै वडाबाट प्रवाह हुने सेवा आफ्नै भवनबाट सुरु गरिएको छ । यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै आएको वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नवनिर्मित भवनको धवलागिरी गाउँपालिकाका […]
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
विकल्प न्यूज/बेनी मंसिर २२ गते । माउन्ट एभरेष्ट आवासीय मावि र न्यु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् । साविक बिजेता शारदा माविलाई शूून्यका विरुद्ध दुुई गोल गर्दै न्यु वेष्ट पोइन्ट र म्याग्दी एकेडेमीलाई शुन्यका विरुद्ध एक गोल गर्दै माउन्ट एभरेष्ट आवासीय मावि […]
थकाली सेवा समितिको अध्यक्षमा दुर्गा गौचन
विकल्प न्यूज/सिड्नी मंसिर २२ गते । थकाली सेवा समितिको यहि डिसेम्बर ३ तारिख आइतबार सम्पन्न साधारण सभाले दुर्गा गौचनलाई सर्बसम्मत पुन अध्यक्षमा चयन गरेको छ । सिड्नीको रक्डेल स्थित एभरेष्ट तंदूरी फंशन सेन्टरमा सम्पन्न सुक्त नबौ साधारण सभाले सस्थाको उपाध्यक्ष द्वयमा भरत शेरचन र ओम गौचनलाई चयन गरेको छ । त्यसैगरी सचिवमा सुबास गौचन ,कोषाध्यक्षमा सुरेश […]
सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती
बेनी, मङ्सिर २२ गते । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । […]